उच्च हिमाली भेगको अनुभव बटुल्न महिला प्रहरीको टोली पुग्यो उपल्लो मुस्ताङ « Khabarhub

उच्च हिमाली भेगको अनुभव बटुल्न महिला प्रहरीको टोली पुग्यो उपल्लो मुस्ताङ


६ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उच्च पहाडी तथा हिमाली भेगमा खोज तथा उद्धारलाई प्रभावकारी बनाउन महिला प्रहरीको टोलीले नेपाल र चीनको सीमामा स्थलगत अवलोकन गरेका छन्।

हिमाली क्षेत्रमा विपद्को समयमा आकस्मिक उद्धार कार्यमा हावापानीका कारण उद्धारकर्तामा हुने समस्या तथा आकस्मिक उपचारसहित मुस्ताङमा भइरहेको पर्यटक तथा अन्य उद्धारका कार्यको अभ्यास सिक्न जिल्ला प्रहरी कार्यालय म्याग्दीको टोली कोरला बोर्डरसम्म पुगेर फर्किएको छ।

तीन दिनको उत्प्रेरणासहित मुस्ताङको थासाङ, घरपझोङ, वारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड रलोमान्थाङ गाउँपालिकामा रहेको प्रहरी चौकीका कार्यरत प्रहरीसँगको अन्तरक्रियात्मक कार्यसहति जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक छिरिङ किप्पा लामाबाट हिमाली क्षेत्रमा हुने उद्धारमा प्रहरीले खेल्नुपर्ने भूमिकाको विषयमा जानकारी लिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीकी मुद्दा फाँटमा कार्यरत प्रहरी जवान जुना विकले बताइन्।

‘हिमाली क्षेत्रमा हुने खोज तथा उद्धार र दुर्घटनाको विवरण सङ्कलनका बारेमा राम्रो जानकारी लिने अवसर मिल्यो, भ्रमण निकै उपलब्धीमुलक भयो’ उनले भनिन्।

मुस्ताङमा कार्यरत प्रहरी टोलीसँग कार्यक्षेत्रको अनुभव आदान–प्रदानसहित उच्च क्षेत्रमा काम गर्दाको चुनौती तथा अपनाउनुपर्ने सावधानीका बारेमा समेत जानकारी लिएको विकको भनाइ छ।

टोलीमा प्रहरी हबल्दार भविकला आचार्य, प्रहरी सहायक हबल्दार सम्झना नेपाली, प्रहरी जवान ज्योति गिरी, सबिता थापा , जुना बिक, अमृता अथारे, चन्दना थापा र रिमा थापा रहेका थिए।

महिला प्रहरीको टोलीले समुद्री सतहदेखि चार हजार ६ सय ५० मिटर उचाइमा अवस्थित कोरोला नाका, छोसेर र लोमान्थाङ क्षेत्रमा खएिटका प्रहरीसँग ‘हाइ अल्टिच्युडमा काम गर्दाको अनुभव,लेक लागेका पर्यटकलाई उद्धार तथा सचेतनामुलक अभियानका बारेमा लिएको जानकारीलाई कार्यक्षेत्रमा प्रयोग गर्ने प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले बताए।

मुस्ताङ जाने पर्यटकलाई सीमा क्षेत्रमा नै सचेतनामुलक अभियान सञ्चालन गरी लेक लाग्ने समस्या न्युनीकरणको पहल गर्ने योजनालाई समेत यस स्थलगत अवलोकन भ्रमण तथा अनुभव आदान–प्रदानले सहज हुने बताइएको छ।

मुस्ताङमा पर्यटक, मजदुरसँगै सरकारी तथा गैरसरकारी कार्यालयमा कार्यरत कर्मचारीहरुलाई समेत लेक लाग्ने समस्या हुन्छ। लेक लाग्ने रोग तथा सुरक्षासम्बन्धी प्रशिक्षण र सूचना सम्प्रेषण प्रणालीलाई अझ प्रभावकारी रुपमा सञ्चालन गर्न मुस्ताङले छिमेकी जिल्लासँग अन्तरजिल्ला समन्वयत्मक बैठक सहितका कार्यहरू गर्ने गरेको छ।

प्रकाशित मिति : ६ कार्तिक २०८२, बिहीबार  ९ : ३७ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल