सोलुखुम्बुमा बोलेरो जीप दुर्घटना, तीन महिलाको मृत्यु « Khabarhub

सोलुखुम्बुमा बोलेरो जीप दुर्घटना, तीन महिलाको मृत्यु


६ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु – सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका–३ वाकुमा बिहीबार एक बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार बोलेरो करिब पाँच सय मिटर तल खसेको हो। घटनास्थलमा तीन जना महिलाको शव फेला परेको छ। गाडीमा कति जना सवार थिए भन्ने यकिन विवरण भने अहिलेसम्म खुलेको छैन।

सवारी चालक बोल्न नसक्ने अवस्थामा फेला परेका कारण घाइते र सवार यात्रुको संख्या पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ। मृतकहरूको सनाखत पनि अहिलेसम्म हुन सकेको छैन।

उक्त बोलेरो सोलुखुम्बुको महाकुलुङतर्फ जाँदै थियो। त्यसैले मृतक र घाइतेहरू पनि सो क्षेत्रकै हुने अनुमान गरिएको छ।

घाइतेहरूलाई उद्धार गरी सोताङ अस्पताल पठाइएको छ। तत्कालै वाकु प्रहरी टोलीले उद्धार कार्य सुरु गरेको र सोताङबाट प्रहरी निरीक्षक नेतृत्वको टोली पनि घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए। प्रहरीका अनुसार घटनास्थलमा उद्धार कार्य अहिले पनि जारी छ।

प्रकाशित मिति : ६ कार्तिक २०८२, बिहीबार  ९ : ५७ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी