आज २०८२ साल मंसिर ७ गते आइतबारको राशिफल « Khabarhub

आज २०८२ साल मंसिर ७ गते आइतबारको राशिफल


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल मंसिर ७ गते आइतबार। मंसिर शुक्ल पक्षको तृतिया तिथि। तदनुसार सन् २०२५ नोभेम्बर २३ तारिख।  नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश  ः

मेष : अचानक धन खर्च हुनसक्छ । खर्च कटौती गर्नुपर्ने दिन छ । थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ । संकटमा साथीभाइको साथ मिल्नेछ । लगानी गरेको भए फाइदा हुनेछ । राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ ।

वृष : दिन सामान्य छ । दाजुभाइसँग सल्लाह लिएर अगाडि बढेको खण्डमा दिन सहज बन्नेछ । तपाईंले बोलेको शब्दको अर्थ उल्टो लाग्ने जोखिम छ । कृषि र फलफूलको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ ।

मिथुन : दिन राम्रो छ । साथीभाइले सहयोग गर्नेछन् । राम्रो काम गरेको भए चौतर्फी साथ मिल्नेछ । राजनीतिक क्षेत्रमा भने आरोपको सामना गर्नुपर्ने भएकाले सचेत बन्नु राम्रो हुनेछ । परिवारको साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : सञ्चित धन खर्च हुनेछ । खर्चको उपयोग गर्नुपर्ने समय छ । विदेशको रमझमले मन तान्ने छ । लगानी गरेको भए फाइदा हुनेछ । परिवारमा सुख र शान्ति रहने दिन छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

सिंह : दिन राम्रो छ । उपचारकोक्रममा भए सफलता मिल्नेछ । शिक्षामा गरेको लगानीबाट उन्नति हुनेछ । राज्यको तर्फबाट भय हुनेछ । परिवारले साथ दिनेछन् । साथीको सहयोगमा दिन राम्रो बन्नेछ ।

कन्या : दिन राम्रो छ । पशुपन्छी र फलफूलको व्यापारमा फाइदा हुनेछ । साथीसँगको भेटले मन शान्त बन्नेछ । साथीभाइले राम्रो साथ दिएको मौकामा महत्त्वपूर्ण काम गर्नु राम्रो हुनेछ । परिवार भित्र सहज वातावरण बन्नेछ ।

तुला : परिवारको सल्लाह लिएर अगाडि बढ्नुभयो भने दिन सहज बन्नेछ । परोपकारमा अग्रसर हुनेक्रममा परिवारलाई समय दिन नसक्दा खटपटी हुनेछ । निजी शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ ।

वृश्चिक : दिन सहज छ । आफूभन्दा ठुलासँगको संगतले तपाईंको काम सार्थक बन्नेछ । साना कुरामा नअल्झिनु राम्रो हुनेछ । स्वदेशमा रोजगारीका विकल्प सिर्जना हुनेछन् । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

धनु : दिन राम्रो छ । सोचेर बोल्नु राम्रो हुनेछ । राज्यका उच्च पदसम्म पहुँच विस्तार हुनेछ । साथीभाइको सहयोगले काम सहजै बन्नेछ । साना कुरामा अल्झिएमा खटपटी बढ्नेछ । दान गरेर दिनको सुरुवात गरेमा मन शान्त बन्नेछ ।

मकर : दिन सामान्य छ । अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नु राम्रो हुनेछ । परिवारको सल्लाहमा गरेको काम सफल बन्नेछ । शिक्षाको क्षेत्रमा ढिलासुस्ती बढ्नेछ ।

कुम्भ : दिन राम्रो छ । मन खुशी हुनेछ । शिक्षाको क्षेत्रमा गरेको प्रयासबाट सफलता मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ । व्यापारमा नाफा आर्जन गर्ने दिन छ ।

मीन : दिन सामान्य छ । बिहान उठेर धार्मिक कार्यमा सहभागी भए सोचेका काम सहजै बन्नेछ । खानपानमा ख्याल नगरेमा रोगले सताउने छ । बौद्धिक व्यक्तिसँग सल्लाह गरेर अगाडि बढेमा दिन सहज बन्नेछ ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ५ : ०६ बजे

सरकारलाई विपक्षीले भने- बाढीपीडितको धैर्य टुट्ने बेला भयो, विशेष समिति बनाऊँ

काठमाडौं– प्रतिनिधिसभामा प्रतिधित्व गर्ने विपक्षी दलहरूले विपद् व्यवस्थापन, राहत, उद्धार,

भोटेकोशी बाढी : जर्मनीको आठ मिलियन युरो सहायता

काठमाडौं– जर्मनीले रसुवाको भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि

बढ्दैछ महोत्तरीमा कोदोखेती

महोत्तरी– महोत्तरी जिल्लामा तीनरचार दशकयता निकै घटेको कोदाको खेती पछिल्लो

ओमानलाई ८७ रनले हराउँदै नेपाल फाइनलमा

काठमाडौं– मलेसियामा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले ओमानमाथि ८७

धर्म र पर्यटनलाई जोड्दै हेटौँडाको वनस्खण्डी मन्दिर

बागमती– हेटौँडा नगरपालिका–२ मा अवस्थित वनस्खण्डी मन्दिर यस क्षेत्रको प्रसिद्ध