बाबुराम, जनार्दन र सन्तोष एकैठाउँ, आज पार्टी घोषणा « Khabarhub

बाबुराम, जनार्दन र सन्तोष एकैठाउँ, आज पार्टी घोषणा


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, जनार्दन शर्मा र रास्वपाबाट बाहिरिएका सन्तोष परियारको समूहबीच आइतबार एकता घोषणा हुँदैछ ।

राष्ट्रिय सभा गृहमा आइतबार बिहान ११ बजे एकता घोषणा गर्दै उनीहरूले नयाँ दल ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ दर्ता गर्ने सहमति गरेका हुन् ।

नयाँ पार्टी चुनावका लागि पहिले नै दर्ता भइसकेको बताइएको छ। चिन्हका रूपमा नेसपाले प्रयोग गर्दै आएको ‘आँखा’ नै रहने छ भने झण्डा तय गर्ने काम अझै बाँकी छ। महाधिवेशनसम्मका लागि विभिन्न क्षेत्र र समुदाय समेटिएको करिब पाँच–छ जनाको अध्यक्षमण्डल रहनेछ।

घोषणाअघि तीनै पक्षले आ–आफ्ना बैठक र भेला सम्पन्न गरिसकेका छन्। भट्टराई समूहले तीनकुनेमा, शर्माले त्रिपुरेश्वरमा र परियार समूहले छुट्टाछुट्टै छलफल गरेका बुझिएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ९ : ०३ बजे

साउदी राजधानी रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अवरूद्ध

रियाद- साउदी अरबको राजधानी रियादको अन्तर्राष्ट्रिय विमानस्थल नजिक शनिबार कालो

सुनसरीको देवानगञ्जमा गोली चल्दा घाइते भएका यादवको विराटनगरमा उपचार जारी

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिकामा गोली चल्दा एक जना घाइते भएका

संविधान दिवसका अवसरमा साइकल र्‍याली

काठमाडौं- संविधान दिवसको अवसर पारेर बाढीपहिरो प्रभावितको सहयोग तथा वातावरण

अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौं- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायीलाई