हलेसी तुवाचुङको प्रशासनिक भवन निर्माण « Khabarhub

हलेसी तुवाचुङको प्रशासनिक भवन निर्माण


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले प्रशासनिक नयाँ भवन निर्माण सुरु गरेको छ । यसका लागि सहरी विकास मन्त्रालय र नगरपालिकाको लागत साझेदारीमा पाँच करोड ८७ लाख १८ हजार १३० बजेट व्यवस्था गरिएको नगर प्रवक्ता कमल गिरीले जानकारी दिए ।

वडा नम्बर ५ दुर्छिमस्थित छापडाँडामा निर्माण गरिएको ट्रस भवनमार्फत सेवा प्रवाह गर्दै आएको थियो । निर्माण कम्पनीले प्रशासनिक भवन १८ महिनाभित्र सम्पन्न गर्नेगरी काम सुरु गरेको हो ।

स्थानीयले निःशुल्क उपलब्ध गराएको नगरपालिकाको आफ्नै जग्गामा निर्माण सुरु गरिएको प्रशासनिक भवन नगरप्रमुख विमला राई र उपप्रमुख रमेशकुमार राउतले शनिबार औपचारिक रूपमा शिलान्यास गरेकी हुन् । नगरप्रमुख राईले नगरपालिकाको प्रशासनिक भवन निर्माण योजनालाई नगरको दीर्घकालीन विकासतर्फको महत्त्वपूर्ण कदम मानिएको बताइन् ।

नगरपालिकाको प्रशासनिक कार्यालय भवन निर्माणका स्थानीयवासी पदमराज राई, भगशेर राई, मोहनबहादुर राई र डिकशेर राईले एक करोडभन्दा बढी मूल्य पर्ने १२ रोपनी निःशुल्क जग्गा दिएका हुन् ।

दश स्थानीय तह रहेको जिल्लामा यो (हलेसी तुवाचुङ नगरपालिका)सँगै सबै स्थानीय तहको आआफ्नै सुविधासम्पन्न प्रशासनिक भवन हुने भएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासहित जिल्लाका अन्य नौ स्थानीय तहले यसअघि नै सुविधासम्पन्न प्रशासनिक भवन निर्माण गरेर सञ्चालनमा ल्याएका छन् । (रासस)

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  १० : ३७ बजे

अभिनयमा ‘फ्लप’ गायकको घानमा थपिए– प्रकाश सपुत !

काठमाडौं – ठूलो पर्दाको रहर अपवाद बाहेक कुन कलाकारलाई नहोला

साफ महिला च्याम्पियनसिप : आज नेपाल र भुटान तथा बंगलादेश र भारत खेल्ने

पोखरा– १९ वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज

ठेकेदारको लापरबाहीले स्थानीय तहका प्रशासनिक भवन अलपत्र

बाँके– ठेकेदार कम्पनीको लापरबाहीले यहाँका केही स्थानीय तहका निर्माणाधीन प्रशासनिक

प्रेस काउन्सिलको मिडिया जागरण राष्ट्रिय अभियान धादिङबाट सुरु

धादिङ– प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा प्रेस काउन्सिल नेपालले

कैफियत देखिएपछि तीन फर्मलाई कारबाही

काठमाडौं– नियमित बजार अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति