हुम्लाका तीन स्थानीय तहमा चिकित्सकीय सेवा « Khabarhub

हुम्लाका तीन स्थानीय तहमा चिकित्सकीय सेवा


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

हुम्ला– कर्णाली प्रदेश सरकारले दुर्गम हिमाली जिल्ला हुम्लाका तीन स्थानीय तहमा चिकित्सकको व्यवस्था गरेको छ । यहाँका स्थानीय तहबाटै विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले चिकित्सक खटाइएको हो ।

स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. उमाकान्त तिवारीका अनुसार खार्पुनाथ, सर्केगाड र अदानचुली गाउँपालिकामा चिकित्सा जनशक्तिको व्यवस्था गरेको बताए ।

खार्पुनाथ गाउँपालिकामा डा. डिजेल यादव, सर्केगाडमा डा. ईश्वरी पौडेल र अदानचुलीमा डा. गणेश जैसीले सेवा प्रदान गर्ने छन् ।

यहाँका स्थानीय तहमा चिकित्सकको अभाव भइरहेकाले प्रदेश सरकारले स्वास्थ्य सेवा सहज बनाउने लक्ष्यअनुसार यो पहल अघि बढाएको बताइएको छ ।

यसबाट गाउँपालिका तहमा आधारभूत स्वास्थ्य सेवा सुदृढ हुने अपेक्षा गरिएको छ । गाउँमै चिकित्सक पाउँदा यहाँका नागरिक पनि उत्साहित भएका छन् । सामान्य रोगका लागि लाखौँ खर्च गरेर जिल्ला बाहिर जानुपर्ने अवस्थाको अन्त्य हुने विश्वास यहाँका नागरिकको छ । (रासस)

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ११ : ०४ बजे

व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं – जिल्ला अदालतले सम्पत्ति शुद्धिकरण कसुरमा व्यापारी दीपक भट्टमाथि

संविधान निर्माण गरेका शक्तिहरु एकताबद्ध हुनुपर्छ : संयोजक दाहाल

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं – सङ्घीय संसद् सचिवालयले यही चैत २२ गते आइतबार

मध्यपूर्व युद्ध अन्त्यका लागि थप प्रयास गर्न रूसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच टेलिफोन वार्ता

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार साउदी राजकुमार मोहम्मद

संसद्मा बादलको भाषणले एमालेभित्र ‘भुइँचालो’, विष्णु पौडेलले भने – पार्टीमा गम्भीर समीक्षा हुन्छ

काठमाडौं – प्रतिनिधिसभामा रामबहादुर थापा ‘बादल’ले दिएको भाषणपछि नेकपा (एमाले)