विराटनगरमा महेश बस्नेतमाथि आक्रमण प्रयास, गाडीमा रङ फ्याँकियो « Khabarhub

विराटनगरमा महेश बस्नेतमाथि आक्रमण प्रयास, गाडीमा रङ फ्याँकियो


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)का नेता तथा महेश बस्नेत सवार गाडीमा आक्रमण प्रयास भएको छ। विराटनगरमा प्रदर्शनकारीले आइतबार रातो रङ फ्याँकेर विरोध गरेका हुन्।

विराटनगर विमानस्थलबाट बाहिरिने क्रममा उनी सवारी गाडीमा रङ हानिएको हो। त्यसक्रममा जेन–जीका नाममा जम्मा भएको समूहले बस्नेतको विरोधमा नाराबाजी पनि गरे। गाडीमा रङ हानेपछि सञ्जोग गौतम र अर्पित कुँवरलाई नियन्त्रणमा लिएको छ।

सुनसरीको इटहरीमा आयोजित एमालेको कार्यक्रममा सहभागी हुन उनी कोशीमा आएका हुन्। जेन–जी समूहका नाममा एमालेका नेतामाथि ठाउँ ठाउँमा आक्रमण प्रयास भइरहेको छ।

मधेस प्रदेशका बस्नेतविरुद्ध चर्को विरोध प्रदर्शन भएको छ। यसअघि बाराको सिमरामा जान खोज्दा विरोधमा उत्रिएर जहाजसमेत रोकिएको थियोे। सिमरामा तीन दिनसम्म भएको तनाव बल्ल शान्त हुँदै गएको छ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ११ : ४६ बजे

लागूऔषधसहित सात जना पक्राउ

झापा– लागूऔषध खैरो हेरोइनसहित झापाबाट सात जना पक्राउ परेका छन्

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल

कञ्चनपुरमा छोराबाट आमाको हत्या

कञ्चनपुर– दोधारा–चाँदनी नगरपालिका–४ माननीय चोक निवासी हरिप्रसाद श्रेष्ठले ७५ वर्षीया

इरानमा युद्ध : किन बढेन सुनको भाउ ?

एजेन्सी – इरानमा युद्ध सुरु भएको १८ दिन पुगिसक्दा पनि

पर्यापर्यटनको केन्द्रका रूपमा विकास हुँदै ‘म्हाजु भञ्ज्याङ’

स्याङ्जा– आँधीखोला गाउँपालिका–१ मा अवस्थित ‘म्हाजु भञ्ज्याङ ’ पर्यटकको रोजाइमा