विराटनगरमा महेश बस्नेतमाथि आक्रमण प्रयास, गाडीमा रङ फ्याँकियो « Khabarhub

विराटनगरमा महेश बस्नेतमाथि आक्रमण प्रयास, गाडीमा रङ फ्याँकियो


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)का नेता तथा महेश बस्नेत सवार गाडीमा आक्रमण प्रयास भएको छ। विराटनगरमा प्रदर्शनकारीले आइतबार रातो रङ फ्याँकेर विरोध गरेका हुन्।

विराटनगर विमानस्थलबाट बाहिरिने क्रममा उनी सवारी गाडीमा रङ हानिएको हो। त्यसक्रममा जेन–जीका नाममा जम्मा भएको समूहले बस्नेतको विरोधमा नाराबाजी पनि गरे। गाडीमा रङ हानेपछि सञ्जोग गौतम र अर्पित कुँवरलाई नियन्त्रणमा लिएको छ।

सुनसरीको इटहरीमा आयोजित एमालेको कार्यक्रममा सहभागी हुन उनी कोशीमा आएका हुन्। जेन–जी समूहका नाममा एमालेका नेतामाथि ठाउँ ठाउँमा आक्रमण प्रयास भइरहेको छ।

मधेस प्रदेशका बस्नेतविरुद्ध चर्को विरोध प्रदर्शन भएको छ। यसअघि बाराको सिमरामा जान खोज्दा विरोधमा उत्रिएर जहाजसमेत रोकिएको थियोे। सिमरामा तीन दिनसम्म भएको तनाव बल्ल शान्त हुँदै गएको छ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ११ : ४६ बजे

काठमाडौं महानगरले गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै 

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले गुणस्तरीय स्वास्थ्य सेवाका लागि पूर्वाधार र

राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति

म्याग्दी– नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट