स्वास्थ्यमन्त्री र जापानका राजदुतबीच भेट : द्विपक्षीय साझेदारीलाई अझ दिगो बनाउने विषयमा छलफल  « Khabarhub

स्वास्थ्यमन्त्री र जापानका राजदुतबीच भेट : द्विपक्षीय साझेदारीलाई अझ दिगो बनाउने विषयमा छलफल 


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा शर्मा गौतम र नेपालका लागि जापानका राजदूत तोरु मायदाबीच शिष्टाचार भेटवार्ता भएको छ । 

मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री शर्माले नेपाल जापानबीचको ऐतिहासिक मित्रता र भूकम्प, कोभिड-१९ जस्ता विपद्को समयमा जापानले गरेको गरेको अमूल्य सहयोग, कान्ति बाल अस्पताल, वीर अस्पताल र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल जस्ता अस्पतालहरूको भौतिक संरचनाको निर्माणमा गरेको योगदानप्रति जापान सरकार, जापानी जनता प्रति धन्यवाद व्यक्त गरेकी थिइन् । 

भेटका क्रममा, दुई देशबीचको स्वास्थ्य क्षेत्रमा रहेको द्विपक्षीय साझेदारीलाई अझ दिगो र प्रभावकारी बनाउने बनाउने सम्बन्धमा छलफल भएको मन्त्रालयले जनाएको छ । 

मन्त्री शर्माले मातृ तथा शिशु स्वास्थ्य, मानसिक स्वास्थ्य, स्वास्थ्य बीमा, राष्ट्रिय औषधी प्रयोगशालाको परीक्षणको क्षमता  अभिवृद्धि, प्रवासमा रहेका नेपाली श्रमिकहरूको स्वास्थ्य  सुधार जस्ता विषयहरू मन्त्रालयका प्राथमिकतामा रहेका बताएकी थिइन् । 

राजदूत मायदाले पनि राष्ट्रिय औषधी प्रयोगशालाको परीक्षणको क्षमता बढाउन आवश्यक पर्ने पूर्वाधार विकास तथा  प्रवासमा रहेका नेपाली श्रमिकहरूको स्वास्थ्य प्रवर्द्धन, परीक्षण तथा उपचारको लागि जापान सरकारले सहयोग गर्न सक्ने बताएका छन् । 

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  १२ : १३ बजे

निर्वाचनको वातावरण निर्माण गर्न नेता कोइरालाको आग्रह

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१

गुटको राजनीति समाप्त भयो, अब सिङ्गो एमाले मात्रै छ : लेखराज भट्ट

काठमाडौं– नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीका आन्तरिक समस्या र

नेकपा कार्यकर्ताको आशा : पार्टी दीर्घकालीन र सबल बनोस् 

काठमाडौं– ‘दश वाम एक ठाम’ भन्ने नारासहित गत कार्तिकमा नेपाली

युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी

एजेन्सी – गत अक्टोबर देखि युद्धविराम सम्झौता लागू भए तापनि

सरकारलाई प्रचण्डको चेतावनी : पटक-पटक संविधान मिच्ने दुस्साहस नगर्नू

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन सार्ने