व्यापार बढाउने माध्यम बन्यो एनपीएल « Khabarhub

व्यापार बढाउने माध्यम बन्यो एनपीएल


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

कीर्तिपुर– कीर्तिपुरको उमामहेशवरका खाजा घरमा एक सातायता मानिसहरूको चहलपहल पहिले भन्दा निकै बाक्लो भएको छ । 

पहिले दिनमा मानिसहरूको सामान्य चहलपहल हुने गरेको भए पनि अहिले भने खाजा खाने ग्राहक बढेपछि खाजा घरका सञ्चालक माइला महर्जनलाई भ्याइनभ्याइ भएको छ । यसरी ग्राहक ह्वात्तै बढ्नुको कारण हो, नेपाल प्रिमियर लिग (एनपीएल) ।

यही मङ्सिर १ गतेदेखि क्रिकेटको महाकुम्भ अर्थात् एनपीएल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुरु भएको छ । जहाँ हजारौँ दर्शक क्रिकेटको साक्षी बन्न पुग्न थालेका छन् । एनपीएलका लागि जाने दर्शकहरू कीर्तिपुरवासीका लागि आर्थिक आर्जनको माध्यम बनेका छन् । 

खास गरी मौलिक नेवारी खाना, कृषि उपज र हस्तकला सामग्रीको बजारीकरणका लागि एनपीएल सहयोगी बनेको उनीहरूको बुझाइ छ । 

कीर्तिपुरको प्रसिद्ध लहना नेवारी रेस्टुरेन्टमा पनि ग्राहकको भीड बढेको सञ्चालक राजमान महर्जनले बताए । ‘पोहर साल हरेक दिन जसो जित्ने टोलीका समर्थकहरूले रेस्टुरेन्ट भरिएको हुन्थ्यो, यसपाली पनि संख्या बढ्दो छ’, उनले भने । कीर्तिपुरमा रहेका ८० वटा रेस्टुरेन्टमध्ये अधिकांशमा नेवारी परिकार पाइन्छ ।

रेष्टरेन्टहरुले पनि ग्राहक बढाउनका लागि ठूलो स्क्रिनमा खेल देखाउन थालेका छन् । ससः नेवारी रेस्टुरेन्टका प्रबन्धक रिजन महर्जन एनपीएल कीर्तिपुरको व्यवसाय बढाउने माध्यम भएको बताए । 

‘हामीले बिक्री गर्ने परिकारमा सकेसम्म स्थानीय उत्पादन नै प्रयोग गर्छौ, परिकारसँगै हामीले पराल र मकैको खोस्टाबाट बनेका हस्तकलाका सामग्री पनि प्रदर्शनीका लागि राखेका छौँ’, उनले भने । उक्त रेष्टुरेन्टले एनपीएल अवधिभर खानामा १० प्रतिशत छुटको पनि व्यवस्था गरेको छ । रासस

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  १२ : २० बजे

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास

काठमाडौं– गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल

मौन पीडामा रहेकी कालिमायाको याचना …

दमौली– यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन

दक्षिण अफ्रिकाको बारमा गोलीकाण्ड : ९ जनाको मृत्यु, १० घाइते

जोहान्सबर्ग– दक्षिण अफ्रिकाको जोहान्सबर्ग नजिकैको बेक्कर्सडालमा शनिबार बिहान अज्ञात हथियारधारीहरूले

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन– नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या यहाँ

पनौतीमा ‘भृकुटी’को जन्मघर तथा उद्यान निर्माण गरिने

काभ्रे– काभ्रेको पनौतीमा राष्ट्रिय विभूति भृकुटीको जन्मघर र उद्यान निर्माण