घरको नक्सा पास र अभिलेखीकरण नगरे सेवाबाट वञ्चित गरिने « Khabarhub

घरको नक्सा पास र अभिलेखीकरण नगरे सेवाबाट वञ्चित गरिने


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

चितवन– यहाँको माडी नगरपालिकाले घर तथा जग्गाको नक्सा पास र अभिलेखीकरण नगर्ने नगरवासीलाई विभिन्न सेवाबाट वञ्चित गर्ने भएको छ । 

नगरपालिकाले आगामी पुस मसान्तसम्म अभिलेखीकरण गर्ने समयसीमा निर्धारण गरी सो अवधिभित्र पनि अभिलेखीकरण नगरेमा नगरपालिकाबाट प्रदान गरिने सेवा रोक्ने जनाएको भएको हो । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालका अनुसार पुस मसान्तसम्म अभिलेखीकरण नगर्ने नगरवासीको त्यसपछि घरजग्गा मूल्याङ्कनको सिफारिसमा रोक लगाउने, बैंकिङ कारोबारका लागि सिफारिस रोक्ने, कुनै पनि विपद्का घटनामा राहत तथा क्षतिपूर्ति लागि सिफारिस नगर्नेलगायत सेवा रोकिनेछ ।

पुस मसान्तपछि अभिलेखीकरण गर्नुपरेमा हाल लिइने शुल्कभन्दा दोब्बर राजस्व बुझाउनुपर्ने उनले बताए । प्रमुख प्रशासकीय अधिकृत भुसालले भने, ‘पालिकाले गत असारमा स्वीकृत गरेको कार्यविधिअनुसार अभिलेखीकरण गर्न हामीले सबैमा सूचित गरेका छौँ । अभिलेखीकरण नगर्दा कार्यालयबाट दिइने सेवाबाट वञ्चित बन्नुपर्ने अवस्था आउनेछ ।’

घरजग्गा नक्सा पास एवं अभिलेखीकरणबाट पालिकालाई नगरमा रहेका हरेक व्यक्तिको भौतिक सम्पत्तिको विवरण प्राप्त हुने र यहाँबाट उपलब्ध सेवामा सहज पहुँच विस्तार हुने उनले विश्वास व्यक्त गरे । उनले भने, ‘भौतिक सम्पत्तिको अवस्था थाहा भएपछि विकासका योजना बनाउन पनि सहज हुनेछ ।’

कुनै विपद्का घटना भए वास्तविक क्षतिको विवरण लिन, राहत र क्षतिपूर्तिको सिफारिस गर्न सहज हुने, सुरक्षित आवासको अवधारणा कार्यान्वयन गर्न मार्ग प्रशस्त हुने प्रमुख प्रशासकीय अधिकृत भुसालले बताए ।

 नगरपालिकाभित्र कुनै पनि स्वीकृत नलिई निर्माण सम्पन्न भएका घर/भवनको अभिलेखीकरण गर्न उनले सबैमा आग्रह गरे। 

भुसालका अनुसार वडामा अभिलेखीकरण गरिसकेपछि नगरपालिकाले प्रमाणीकरण गर्नेछ । दश हजारभन्दा बढी परिवार रहेको यस पालिकामा हालसम्म २१० घर अभिलेखीकरण भएका उनले जानकारी दिए । 

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  २ : ०८ बजे

इंग्ल्यान्डसँगको खेलअघि नर्वेको जर्सी अभाव, किन्नका लागि प्रशंसक रातभर लाइनमा

काठमाडौँ – विश्वकपको क्वाटरफाइनलमा इंग्ल्यान्डसँगको भिडन्तअघि युरोपभर नर्वेको राष्ट्रिय फुटबल

अमेरिका–इरान द्वन्द्व : १४ सर्वसाधारणको मृत्यु, होर्मुज हुँदै आवतजावत गर्ने जहाज घटे

काठमाडौं – अमेरिका र इरानबीच सैन्य आक्रमणको शृङ्खला बिहीबार पनि

ठोरीमा भारतीय सवारीलाई अस्थायी पास, दुई कर्मचारी खटाइयो

काठमाडौं- पर्साको ठोरी नाकाबाट भारतीय सवारीसाधनलाई सरकारले ‘अस्थायी प्रवेश पास’ दिने व्यवस्था

रुसी ट्यांकरमा युक्रेनको आक्रमण तीव्र

काठमाडौं – युक्रेनले रुसद्वारा अधिग्रहित क्रिमिया वरपरका समुद्री आपूर्ति मार्गमा ड्रोन आक्रमण

काठमाडौं महानगरको अधिवेशन सम्पन्न

काठमाडौं– काठमाडौं महानगरपालिकाको १९औँ अधिवेशन एवं नगरसभा सम्पन्न भएको छ