कर्मचारीलाई राजनीतिक गतिविधिमा लागे बर्खास्त गर्ने मन्त्रालयको चेतावनी « Khabarhub

कर्मचारीलाई राजनीतिक गतिविधिमा लागे बर्खास्त गर्ने मन्त्रालयको चेतावनी


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालय मातहतका कर्मचारी तथा स्वास्थ्यकर्मीहरूलाई कुनै पनि राजनीतिक गतिविधिमा नलाग्न निर्देशन दिएको छ । 

मन्त्रालयले एक सुचना जारी गर्दै प्रचलित कानुन विपरीत गतिविधि गरेको पाइएमा ऐनको दफा ७३ र ७४ अनुसार नसिहतदेखि वर्खास्तीसम्मको कारबाही हुन सक्ने चेतावनी दिएको छ।

मन्त्रालयका प्रवक्ता डा.बुढाथोकीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, नेपाल स्वास्थ्य सेवा गठन, सञ्चालन र व्यवस्थापनको उद्देश्य नै नागरिकलाई स्वास्थ्यसम्बन्धी अधिकारको प्रत्याभूति दिनु भएकाले कर्मचारीको जिम्मेवारी अझ संवेदनशील र महत्त्वपूर्ण रहने बताइएको छ ।’

ऐनको परिच्छेद ८ मा उल्लेखित आचरणहरू( समय पालना र नियमितता (दफा ५२), अनुशासन र आज्ञापालन (दफा ५३), राजनीतिक वा अवाञ्छनीय प्रभाव नपार्ने (दफा ५४), राजनीतिक गतिविधिमा भाग नलिने (दफा ५५), सरकारको आलोचना नगर्ने (दफा ५६)  तथा सरकारी कामकाजसम्बन्धी समाचार प्रकाशनमा प्रतिबन्ध (दफा ५७) पूर्ण रूपमा पालना गर्न मन्त्रालयले सबै स्वास्थ्यकर्मीलाई आग्रह गर्दछ ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ४ : ४२ बजे

व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं – जिल्ला अदालतले सम्पत्ति शुद्धिकरण कसुरमा व्यापारी दीपक भट्टमाथि

संविधान निर्माण गरेका शक्तिहरु एकताबद्ध हुनुपर्छ : संयोजक दाहाल

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं – सङ्घीय संसद् सचिवालयले यही चैत २२ गते आइतबार

मध्यपूर्व युद्ध अन्त्यका लागि थप प्रयास गर्न रूसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच टेलिफोन वार्ता

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार साउदी राजकुमार मोहम्मद

संसद्मा बादलको भाषणले एमालेभित्र ‘भुइँचालो’, विष्णु पौडेलले भने – पार्टीमा गम्भीर समीक्षा हुन्छ

काठमाडौं – प्रतिनिधिसभामा रामबहादुर थापा ‘बादल’ले दिएको भाषणपछि नेकपा (एमाले)