कर्मचारीलाई राजनीतिक गतिविधिमा लागे बर्खास्त गर्ने मन्त्रालयको चेतावनी « Khabarhub

कर्मचारीलाई राजनीतिक गतिविधिमा लागे बर्खास्त गर्ने मन्त्रालयको चेतावनी


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालय मातहतका कर्मचारी तथा स्वास्थ्यकर्मीहरूलाई कुनै पनि राजनीतिक गतिविधिमा नलाग्न निर्देशन दिएको छ । 

मन्त्रालयले एक सुचना जारी गर्दै प्रचलित कानुन विपरीत गतिविधि गरेको पाइएमा ऐनको दफा ७३ र ७४ अनुसार नसिहतदेखि वर्खास्तीसम्मको कारबाही हुन सक्ने चेतावनी दिएको छ।

मन्त्रालयका प्रवक्ता डा.बुढाथोकीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, नेपाल स्वास्थ्य सेवा गठन, सञ्चालन र व्यवस्थापनको उद्देश्य नै नागरिकलाई स्वास्थ्यसम्बन्धी अधिकारको प्रत्याभूति दिनु भएकाले कर्मचारीको जिम्मेवारी अझ संवेदनशील र महत्त्वपूर्ण रहने बताइएको छ ।’

ऐनको परिच्छेद ८ मा उल्लेखित आचरणहरू( समय पालना र नियमितता (दफा ५२), अनुशासन र आज्ञापालन (दफा ५३), राजनीतिक वा अवाञ्छनीय प्रभाव नपार्ने (दफा ५४), राजनीतिक गतिविधिमा भाग नलिने (दफा ५५), सरकारको आलोचना नगर्ने (दफा ५६)  तथा सरकारी कामकाजसम्बन्धी समाचार प्रकाशनमा प्रतिबन्ध (दफा ५७) पूर्ण रूपमा पालना गर्न मन्त्रालयले सबै स्वास्थ्यकर्मीलाई आग्रह गर्दछ ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ४ : ४२ बजे

निर्वाचनको वातावरण निर्माण गर्न नेता कोइरालाको आग्रह

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१

गुटको राजनीति समाप्त भयो, अब सिङ्गो एमाले मात्रै छ : लेखराज भट्ट

काठमाडौं– नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीका आन्तरिक समस्या र

नेकपा कार्यकर्ताको आशा : पार्टी दीर्घकालीन र सबल बनोस् 

काठमाडौं– ‘दश वाम एक ठाम’ भन्ने नारासहित गत कार्तिकमा नेपाली

युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी

एजेन्सी – गत अक्टोबर देखि युद्धविराम सम्झौता लागू भए तापनि

सरकारलाई प्रचण्डको चेतावनी : पटक-पटक संविधान मिच्ने दुस्साहस नगर्नू

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन सार्ने