मधेश प्रदेशमा ललितकला कार्यशाला « Khabarhub

मधेश प्रदेशमा ललितकला कार्यशाला


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले देशव्यापी रूपमा सुरु गरेको कला गतिविधि यतिबेला मधेश प्रदेश पुगेको छ । 

मधेश प्रदेशका विभिन्न स्थानमा गएर कलासम्बन्धी कार्यशाला सम्पन्न भएका छन् । जसमध्ये, शनिबार प्रतिष्ठानले ललितकला विषयक अन्तरक्रिया तथा एक दिवसीय भोजपुरी लोककला कार्यशाला सम्पन्न गरेको छ ।

त्रिजुद्ध महावीरप्रसाद रघुवीरराम मावि बिर्ता वीरगञ्ज–४ पर्सामा भएको कार्यशालामा बालबालिकाको उपस्थिति थियो । 

अजमत प्रडक्सन, नेपाल भोजपुरी समाज वीरगञ्ज पर्सा र मैथिली विकास कोष, जनकपुरधामको सहकार्यमा गरिएको कार्यक्रममा प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले ‘ललितकला र यसको महत्त्व’ विषयमा प्रस्तुति दिएका थिए ।

उनले प्रतिष्ठानको उद्देश्य, गतिविधि र योजनाका विषयमा जानकारी गराउँदै प्रतिष्ठानले देशभरि गरेका चित्रकला, मूर्तिकला, लोककला, शिल्पहस्तकला, परम्परागत कला, वास्तुकला, बहुआयामिक तथा अन्य सिर्जनात्मक कलालगायत कलाका विविध पक्षको पहिचानसँगै संरक्षण, प्रवर्द्धन र विकास गर्ने लक्ष्यका साथ गतिविधि गरिएको बताए ।

सो अवसरमा वास्तुकला तथा लोककला विभाग प्रमुख प्रदीप अधिकारीले भोजपुरी लोककलाको विकास, संरक्षण र प्रवर्द्धनमा स्थानीय समुदाय, पालिका, सरकार, प्रदेश सरकार तथा सङ्घीय सरकारको समन्वयमा कार्य गरिनुपर्ने धारणा राखे । 

प्रतिष्ठानका शिल्प–हस्तकला विभाग प्रमुख अरुणा हिङमाङले भोजपुरी लोककलाको उन्नतिका लागि प्रतिष्ठानले कार्यक्रम आयोजना गरेको बताए । 

प्रतिष्ठानका प्राज्ञसभा सदस्य अजमत अलि अन्सारीले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले भोजपुरी लोककलाको विकासमा सबै पक्षको ध्यान जानुपर्नेमा जोड दिए । 

कार्यक्रममा नेपाल भोजपुरी समाजका अध्यक्ष ध्रुवसिंह ठकुरी, वीरगञ्ज भोजपुरी प्रतिष्ठानका अध्यक्ष अनिता साह, नेपाल कमर्सियल सङ्घ वीरगञ्जका सचिव रामनरेश चौरासिया, वीरगञ्ज सङ्गीत कला परिषद्का उपाध्यक्ष शाविर हुसैनलगायतको उपस्थिति थियो । कार्यशालामा नयाँ तथा पुराना पुस्ताका ३० जना कलाकारको सहभागिता थियो । रासस

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ४ : ४६ बजे

४ महिनामा ६ खर्ब बढीको वस्तु आयात, १६ अर्बको मोबाइल र १५ अर्बको सुन आयो

काठमाडौं– चालु आर्थिक वर्षको ४ महिनामा नेपालमा ६ खर्ब बढीको

विवाहपञ्चमीमा माछा–मासु र मदिरा बिक्री वितरणमा रोक

जनकपुर- विवाहपञ्चमी महोत्सवका अवसरमा जनकपुरधाममा आजदेखि तीन दिनसम्म माछा/मासु र

बुवा खोलामा मोटरेवल पुल निर्माण सम्पन्न

उदयपुर– खोटाङको जन्तेढुङ्गा गाउँपालिका–१ र पौवा सेरा–५ कोबीचमा पर्ने बुवा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका विभिन्न सात निर्णय

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न सात

एनपीएलमा जुवा खेलाएको आरोपमा आठजना भारतीय पक्राउ

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टाबाजी गर्ने कार्यमा संलग्न