धनुषामा कारले ठक्कर दिँदा एक जनाको मृत्यु « Khabarhub

धनुषामा कारले ठक्कर दिँदा एक जनाको मृत्यु


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- धनुषाको मिथिला नगरपालिका–२ हजराचौक जनकपुर ढल्केवर सडक खण्डमा आइतबार कारले पैदल यात्रीलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । 

बा प्र ०१– ०३१ च २०३६ नम्बरको कारले ठक्कर दिँदा मिथिला नगरपालिका १ लक्ष्मी निवासका अन्दाजी ४६ वर्षकी सुमिन्त्रा देवी महतोको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक (एसपी) रुगमबहादुर कुँवरले जानकारी दिए ।

दुर्घटनामा महतोका श्रीमान ५० वर्षे राजकुमार घाइते भएको प्रहरीले जनाएको छ । ठक्कर दिने गाडी र चालक सर्लाही लालबन्दी–६ का  १८ वर्षे दिवस कार्कीलाई नियन्त्रणमा लिइ ढल्केवर इलाका प्रहरी कार्यालयमा राखिएको छ । रासस

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ५ : ०२ बजे

निर्वाचनको वातावरण निर्माण गर्न नेता कोइरालाको आग्रह

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१

गुटको राजनीति समाप्त भयो, अब सिङ्गो एमाले मात्रै छ : लेखराज भट्ट

काठमाडौं– नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीका आन्तरिक समस्या र

नेकपा कार्यकर्ताको आशा : पार्टी दीर्घकालीन र सबल बनोस् 

काठमाडौं– ‘दश वाम एक ठाम’ भन्ने नारासहित गत कार्तिकमा नेपाली

युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी

एजेन्सी – गत अक्टोबर देखि युद्धविराम सम्झौता लागू भए तापनि

सरकारलाई प्रचण्डको चेतावनी : पटक-पटक संविधान मिच्ने दुस्साहस नगर्नू

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन सार्ने