दोलखामा थपिए ६ हजार बढी मतदाता « Khabarhub

दोलखामा थपिए ६ हजार बढी मतदाता


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लामा आउँदो निर्वाचनको लागि मतदाता नामावलीमा नाम दर्ता गर्नेहरूको संख्या उत्साहजनक रहेको पाइएको छ।

जिल्ला निर्वाचन कार्यालय दोलखाको पछिल्लो दुई महिनाको तथ्यांकअनुसार असोज ९गतेदेखि मंसिर ५ गतेसम्म  ६ हजार ६सय ८७ जनाले मतदाता नामावलीमा नाम दर्ता गरेका हुन् ।

जस अनुसार दुई नगरपालिका र सात गाउँपालिकाबाट एक हजार ४ सय जनाले नाम दर्ता गरेका छन् । त्यसैगरी बाह्य जिल्लाबाट नाम दर्ता गर्नेको संख्या ५९ रहेको छ ।

त्यसैगरी राष्ट्रिय परिचयपत्र मार्फत नाम दर्ता गर्नेको संख्या पाँच हजार दुई सय गरी छ हजार छ सय ८७ जना पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

जिल्ला सबैभन्दा बढी भीमेश्वर नगरपालिकामा चार सय २५ जना नयाँ मतदाता थपिएका छन् भने, सबैभन्दा कम जिरी नगरपालिकामा ७५ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

त्यसैगरी कालिञ्चाेक गाउँपालिका एक सय ७५ जना, वैतेश्वर गाउँपालिका र गौरीशंकर गाउँपालिकामा नयाँ थपिने संख्या बराबर १५२/१५२ जना रहेको छ ।

त्यस्तै तामाकोशी गाउँपालिकामा एक सय १३ जना, शैलुङ गाउँपालिकाका ९९ जना, विगुका एक सय १ जना र मेलुङ गाउँपालिकाका  एक सय ८ जनागरि एक हजार ४ सय जनाले मतदाता नामावलीमा नाम दर्ता गरेका हुन् ।

त्यसैगरी अन्य जिल्लाबाट नाम दर्ता गर्ने ५९ जना रहेका छन् भने, राष्ट्रिय परिचयपत्रसँगै मतदातामा नाम दर्ता गर्नेहरूको संख्या पाँच हजार दुई सय २८ रहेको छ ।

त्यसैगरी नामावलीमा बिग्रेको नाम सच्याउनेको संख्या एक सय ८४ जना रहेको छ भने, नाम सार्नेको संख्या चार सय ५४ जना रहेको छ । सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ५ : ३२ बजे

निर्वाचनको वातावरण निर्माण गर्न नेता कोइरालाको आग्रह

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१

गुटको राजनीति समाप्त भयो, अब सिङ्गो एमाले मात्रै छ : लेखराज भट्ट

काठमाडौं– नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीका आन्तरिक समस्या र

नेकपा कार्यकर्ताको आशा : पार्टी दीर्घकालीन र सबल बनोस् 

काठमाडौं– ‘दश वाम एक ठाम’ भन्ने नारासहित गत कार्तिकमा नेपाली

युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी

एजेन्सी – गत अक्टोबर देखि युद्धविराम सम्झौता लागू भए तापनि

सरकारलाई प्रचण्डको चेतावनी : पटक-पटक संविधान मिच्ने दुस्साहस नगर्नू

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन सार्ने