बाबुरामले भने- जेन-जी आन्दोलनको मर्म अनुसार नयाँ पार्टी गठन गरेका हौँ « Khabarhub

बाबुरामले भने- जेन-जी आन्दोलनको मर्म अनुसार नयाँ पार्टी गठन गरेका हौँ


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नवघोषित प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले जेन-जी आन्दोलनको मर्म अनुसार नयाँ पार्टी गठन गरिएको बताएका छन् । 

आइतबार काठमाडौंमा प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा कार्यक्रममा भट्टराईले जेन-जी युवाहरूको मर्म र भावना अनुसार जेन-जी विद्रोहको उपज प्रगतिशील लोकतान्त्रिक पार्टी बनेको बताएका हुन् ।

उनले जने-जी युवाहरूको चाहना अनुसार राजनीतिक पुनर्संरचना आवश्यक रहेको भन्दै त्यसो हुन नसके नेपाल विश्वसँगै अघि बढ्न नसक्ने धारणा राखे । 

प्रगतिशील लोकतान्त्रिक पार्टी जेन-जी पुस्तासँग जोडिएको पार्टी भएकाले युवाहरू नै पार्टीको नेतृत्व लिनुपर्ने उनले बताए ।

भट्टराईले अहिले कम्युनिष्टमा ठग प्रवृति देखिएकाले धेरै दिन नटिक्ने तर्क गरे । धरापमा परेको लोकतन्त्र र जटिल भूराजनीतिक अवस्थाबाट देशलाई बढाउनका लागि वैकल्पिक शक्तिहरू एक ठाउँमा आउनुपर्ने उनले बताए ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ५ : ३७ बजे

ठेकेदारको लापरबाहीले स्थानीय तहका प्रशासनिक भवन अलपत्र

बाँके– ठेकेदार कम्पनीको लापरबाहीले यहाँका केही स्थानीय तहका निर्माणाधीन प्रशासनिक

प्रेस काउन्सिलको मिडिया जागरण राष्ट्रिय अभियान धादिङबाट सुरु

धादिङ– प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा प्रेस काउन्सिल नेपालले

कैफियत देखिएपछि तीन फर्मलाई कारबाही

काठमाडौं– नियमित बजार अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति

राष्ट्रपति पौडेल जापानको टोकियोमा

काठमाडौं – चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज

केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल