पाँच महिनाअघि गाडिएको शव उत्खनन् गरी घर ल्याएपछि… « Khabarhub

पाँच महिनाअघि गाडिएको शव उत्खनन् गरी घर ल्याएपछि…


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको बैतेश्वर गाउँपालिका १ गरिमुदीमा अनौठो घटना भएको छ ।  स्थानीय जालान्धार पाख्रिनले पाँच महिना अगाडि अन्त्यष्टी गरिएको आफ्नी आमाको शव उत्खनन गरेर घरमा ल्याएपछि छिमेकीहरु नै अचम्ममा परेका छन् ।

स्थानीयहरूको अनुसार, जालान्धारले आमालाई आफ्नै आँखाले बिहान बेलुकी देख्ने स्थानमा राखेर पुनः दाहसंस्कार गर्ने योजना बनाएर शव कंकाललाई घरमा फिर्ता ल्याएको पाइएको हो ।

गत असार १५ गते ९३ वर्षकी फुलमाया तामाङको निधनपछि उनको शवलाई सोही स्थानको लामा गाउँ चिहान डाँडामा क्रिष्टियन परम्परा अनुसार गाडेर अन्त्यस्टी गरिएको थियो ।

तर, शुक्रबार अचानक जालान्धारले आमाको शव सडेर कङ्काल भएको अवस्थामा उत्खनन गरी घरमा ल्याएको स्थानीयको भनाई छ । 

उनले पहिले आमा सुत्ने खाटमा बत्तीबालेर आमाको शव कंकाललाई पुजा गरेर राखेको अवस्थामा स्थानीयले फेला पारेका हुन् । 

उनले भने, ‘जन्मदिने आमालाई बिहान बेलुकी धुपबत्ती गर्न सजिलो होस् भनेर आँगनमा चिहान बनाएर राख्न ल्याएको हुँ, म बाचुँन्जेल जीवनभर पूजा गर्नेछु ।’

स्थानीय मानबहादुर तामाङका अनुसार गत असारमा नै फुलमायाको मृत्युपछि जालान्धारले आँगनमा नै आमाको शव अन्त्यस्टी गर्ने प्रस्ताव गरेका थिए । तर, स्थानीयले नजिकैको चिहान डाँडामा लगेर दाहसंस्कार गरिएको बुझिएको छ । 

 घटनापछि स्थानीयले वडा अध्यक्ष र स्थानीय प्रहरी चौकी पुतलिकाठलाई खबर गरेका थिए । वडा अध्यक्ष भीमबहादुर तामाङले घटनास्थल पुगेर स्थानीयको रोहबरमा अहिले पुनः शव कंकाललाई व्यवस्थापन गरेको जानकारी दिए । 

वडा अध्यक्ष तामाङले आइतबार दिउँसो ४ बजेट पुनः शवलाई पुरानै ठाउँ लगेर व्यवस्थापन गरेको जानकारी दिए । सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ६ : ३२ बजे

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्र सुरु हुँदै, यस्तो छ कार्यतालिका

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्द सत्र

कांग्रेस सभापति देउवा भृकुटीमण्डप नजाने

काठमाडौं – सामाजिक संजालमा केही व्यक्तिले कांग्रेस सभापति देउवा विशेष

विशेष महाधिवेशनका प्रतिनिधिको आवाजप्रति देउवा कति सकारात्मक, के छ सहमतिको आधार ?

काठमाडौं – नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश

काभ्रेको जनमुक्ति मार्ग तीब्र गतिमा निर्माण हुँदै 

धुलिखेल– काभ्रेपलाञ्चोकमा निर्माण भइरहेको जनमुक्ति मार्गलाई तीव्र गतिमा अगाडि बढाएको

दिक्तेल बजारको सडक ढलान सकियो, सौन्दर्यकरणको काम हुँदै

खोटाङ– खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको काम