सर्वोच्च अदालतमा आगो लगाउनेमध्येका दुईजना समातिए « Khabarhub

सर्वोच्च अदालतमा आगो लगाउनेमध्येका दुईजना समातिए


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा सर्वोच्च अदालत तोडफोड र आगजनीमा संलग्नमध्ये दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

सर्वोच्चमा गरिएको आगजनीमा संलग्नमध्ये झापाको भद्रपुर नगरपालिका–१ का २८ वर्षीय ज्योति थापा घताने र ललितपुरको महालक्ष्मीस्थान नगरपालिका–५ का ३० वर्षीय ब्राउन भन्ने सुशील श्रेष्ठ पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले सामाजिक सञ्जालमा सार्वजनिक भिडियोका आधारमा उनीहरूलाई पक्राउ गरिएको पुष्टि गरे ।

भट्टराईका अनुसार पक्राउ परेका घताने र श्रेष्ठविरुद्ध आपराधिक अपराधको कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ।

गत भदौ २४ गते जेन–जी आन्दोलनको क्रममा सर्वोच्च तोडफोड र आगजनीमा उनीहरूको संलग्नता देखिएको प्रहरीले जनाएको छ।

सर्वोच्चमा लगाइएको आगो दमकल अभावमा तीन दिनसम्म निभाउन नसिएको प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले बताइसकेका छन् ।

नेपाली सेना र काठमाडौं महानगरपालिकाको दकमल नआएपछि तीन दिनमा ललितपुर महानगरपालिकाको दमकल बोलाउनुपरेको उनले बताएका थिए ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ६ : ४३ बजे

जेन–जी शहीदका परिवार भेटेपछि भावुक बने रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक