सर्वोच्च अदालतमा आगो लगाउनेमध्येका दुईजना समातिए « Khabarhub

सर्वोच्च अदालतमा आगो लगाउनेमध्येका दुईजना समातिए


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा सर्वोच्च अदालत तोडफोड र आगजनीमा संलग्नमध्ये दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

सर्वोच्चमा गरिएको आगजनीमा संलग्नमध्ये झापाको भद्रपुर नगरपालिका–१ का २८ वर्षीय ज्योति थापा घताने र ललितपुरको महालक्ष्मीस्थान नगरपालिका–५ का ३० वर्षीय ब्राउन भन्ने सुशील श्रेष्ठ पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले सामाजिक सञ्जालमा सार्वजनिक भिडियोका आधारमा उनीहरूलाई पक्राउ गरिएको पुष्टि गरे ।

भट्टराईका अनुसार पक्राउ परेका घताने र श्रेष्ठविरुद्ध आपराधिक अपराधको कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ।

गत भदौ २४ गते जेन–जी आन्दोलनको क्रममा सर्वोच्च तोडफोड र आगजनीमा उनीहरूको संलग्नता देखिएको प्रहरीले जनाएको छ।

सर्वोच्चमा लगाइएको आगो दमकल अभावमा तीन दिनसम्म निभाउन नसिएको प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले बताइसकेका छन् ।

नेपाली सेना र काठमाडौं महानगरपालिकाको दकमल नआएपछि तीन दिनमा ललितपुर महानगरपालिकाको दमकल बोलाउनुपरेको उनले बताएका थिए ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ६ : ४३ बजे

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा– दुईदशक अघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

रसुवा बाढीपछि सरकारलाई सुझाव दिन संसदीय विशेष समिति बनाउन बसेको प्रमुख दलको बैठक निष्कर्षविहीन

काठमाडौं- रसुवा बाढीपछि सरकारलाई आवश्यक सुझाव दिन संसदीय विशेष समिति

दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने अडानमा पूर्णबहादुर र शेखर

काठमाडौं- नेपाली कांग्रेसका शीर्ष नेता डाक्टर शेखर कोइराला र पूर्वकार्यवाहक

रास्वपा सांसद भन्छन्- विदेशीले पठाएको राहत सामग्री एयरपोर्टमै अलपत्र छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले त्रिभुवन विमानस्थलको कार्गोमा

निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले