दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चको आदेश « Khabarhub

दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चको आदेश


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालतले राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ।

सर्वोच्चमा परेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमाथि सुनुवाइ गर्दै आइतबार उनलाई रिहा गर्न न्यायाधीशहरू नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले आदेश दिएको हो ।

यसअघि बिहीबार सर्वोच्च अदालतले प्रसाईंलाई २४ घण्टाभित्र बन्दीसहित अदालतमा उपस्थित गराउन आदेश गरेको थियो ।

न्यायाधीश मेघराज पोखरेलको इजलासले आज मेडिकल व्यवसायी प्रसाईंलाई थुन्नुको आधार र कारणसहित अदालतमा उपस्थित गराउन भनेको थियो ।

बुबालाई गैरकानुनी थुनामा राखिएको उल्लेख गर्दै प्रसाईंका छोरा निराजन प्रसाईंले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दायर गरेका थिए ।

प्रसाईंलाई सार्वजनिक शान्तिमा खलल पुर्या‍उने गरी अभिव्यक्ति दिएको आरोपमा प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखेको थियो ।

उनले दिएका आक्रमक अभिव्यक्तिले शान्तिमा खलल पुग्ने भन्दै प्रहरीले गत सोमबार मध्यराति भक्तपुरको ठिमीस्थित निवासबाट पक्राउ गरेको थियो। प्रसाईंका सुरक्षा सहयोगी दीपक खड्का पनि हिरासतमा छन् ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ६ : ४७ बजे

जेन–जी शहीदका परिवार भेटेपछि भावुक बने रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक