‘जनअधिकारको रक्षा र आर्थिक समृद्धिको मार्गलाई फराकिलो बनाउन लाग्छौँ’ « Khabarhub

‘जनअधिकारको रक्षा र आर्थिक समृद्धिको मार्गलाई फराकिलो बनाउन लाग्छौँ’


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले जनअधिकारको रक्षा र आर्थिक समृद्धिको मार्गलाई फराकिलो बनाउन आफ्नो पार्टीले अग्र मोर्चामा रहेर काम गर्ने बताएका छन् । 

यही मङ्सिर १२ गते धनगढीमा हुने उक्त पार्टीको सन्देश सभाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले देशमा उत्पन्न विषम परिस्थितिबाट राष्ट्रलाई बाहिर ल्याउने आवश्यकता बोध गरी आफूहरू एक ठाउँमा आएको बताए ।  

नेता रावलले पार्टी एकीकरणको सन्देश देशव्यापी रूपमा जनसमक्ष पुर्‍याउन पार्टीले सन्देश सभा गर्न लागेको र त्यसको सुरुआत सुदूरपश्चिमबाट हुन लागेको बताए । 

सन्देश सभाको व्यवस्थापनका लागि यहाँ रावलको संयोजकत्वमा मूल व्यवस्थापन समितिको गठन गरिएको छ । उक्त समितिले आवश्यक तयारी गरिरहेको त्यस अवसरमा जानकारी दिइयो ।

प्रदेशस्तरीय एकता सन्देश सभा सम्पन्न भएपछि मङ्सिर महिनाभित्र सुदूरपश्चिमका सबै जिल्ला, पालिका र वडामा समेत सभाको आयोजना गरिने जनाइएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ६ : ४६ बजे

छोराले जिम्मा लिएर लगे दुर्गा प्रसाईंलाई

काठमाडौं- विवादित मेडिकल व्यवसायी एवम् राजा फर्काउने अभियानमा लागेका दुर्गा

खोटाङमा थपिए तीन हजार ९८५ मतदाता

खोटाङ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर

जसपा, राष्ट्रिय मुक्ति र नाउपा नेपाल मिलेर निर्वाचनमा जाने, चुनाव चिह्न जाँतो

काठमाडौं- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जनता

छ लाख गरिबलाई परिचयपत्र वितरण

काठमाडौं- सरकारले देशका विभिन्न ४९ जिल्लाका ६ लाख १५ हजार