विवाहपञ्चमीमा माछा–मासु र मदिरा बिक्री वितरणमा रोक « Khabarhub

विवाहपञ्चमीमा माछा–मासु र मदिरा बिक्री वितरणमा रोक


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

जनकपुर- विवाहपञ्चमी महोत्सवका अवसरमा जनकपुरधाममा आजदेखि तीन दिनसम्म माछा/मासु र मदिरा बिक्री वितरणमा जिल्ला प्रशासन कार्यालय धनुषाले रोक लगाएको छ । आज राति १२ बजेदेखि १० गते राति १२ बजे सम्मका लागि उक्त रोक लगाएको हो ।

विवाहपञ्चमी महामहोत्सव यही मङ्सिर ९ गते सुरक्षित, मर्यादित र सौहार्द्रपूर्ण वातावरणमा मनाउने सन्दर्भमा बसेको सरोकारवालासँगको बैठक तथा जिल्ला सुरक्षा समितिको निर्णय बमोजिम उक्त निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएको सूचनामा जनकपुरधाम उपमहानगरपालिकाको परिक्रमा क्षेत्रभित्र र परिक्रमा सडकको दायाँबायाँ मदिरा बिक्री–वितरण, पशुपक्षी मारकाट, माछा मासु बिक्री–वितरण, उत्पादनलगायत अन्य नसालु पदार्थको सेवन गर्न पूर्ण रुपमा निषेध गरिएको उल्लेख छ ।

सूचना विपरीत निषेधित क्षेत्रमा उक्त कार्य गरिएमा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही भई जाने व्यहोरा उल्लेख गरिएको छ । मिथिलाको सांस्कृतिक, धार्मिक र पौराणिक पर्वका रुपमा रहेको रामजानकी विवाह महोत्सवलाई लक्षित गरी निषेध गरिएको सहायक प्रजिअ दाहालले बताए ।

यसैबीच विवाहपञ्चमी महोत्सवमा कुनै अप्रिय घटना हुन नदिन तथा शान्तिसुरक्षा प्रभावकारी बनाउन जनकपुरधाममा नेपाल प्रहरी र शास्त्र प्रहरीका गरी करिब दुई हजार सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जानकारी दिए ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ७ : १७ बजे

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणः ज्ञानबहादुर बम्जन कारागार चलान

काठमाडौँ- काठमाडौँको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगी आरोपमा पक्राउ परेका

बालबालिकाका समाचारलाई प्राथमिकता दिन सञ्चारमाध्यमलाई आग्रह

भक्तपुर – बालबालिकाको सरोकारका विषयलाई प्राथमिकतामा राख्न सञ्चारमाध्यमलाई आग्रह गरिएको

पुर्न थालियो पोखरा–बागलुङ सडकका खाल्डाखुल्डी

गण्डकी – ठाउँपिच्छे परेका खाल्डाखुल्डीले यात्रामा जोखिम बढेपछि मध्यपहाडी पुष्पलाल

निर्वाचनका लागि ८० करोडको गाडी किन्दै सरकार

काठमाडौँ- आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण, भयरहित र स्वतन्त्र वातावरणमा

सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सर्वोच्च अदालत तोडफोड र आगजनी गर्ने