छ लाख गरिबलाई परिचयपत्र वितरण « Khabarhub

छ लाख गरिबलाई परिचयपत्र वितरण


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले देशका विभिन्न ४९ जिल्लाका ६ लाख १५ हजार १६१ जनालाई गरिब परिचयपत्र वितरण गरेको छ । भूमि, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सम्बन्धित जिल्लाका स्थानीय तहसँग समन्वय गरी परिचयपत्र वितरण गरेको हो । अति गरिबलाई रातो, मध्यम गरिबलाई पहेँलो र सामान्य गरिबलाई नीलो परिचयपत्र वितरण गरेको अन्य १५ जिल्लामा पनि परिचयपत्र वितरण गर्न दुई लाख गरिबको पहिचान भएको छ ।

यी १५ जिल्लामा वितरणका लागि कार्ड छपाइ गरी सम्बन्धित स्थानीय तहलाई पठाएको छ । वितरणको प्रक्रिया सुरु गरिएको छ । गरिबी न्यूनीकरण गरी गरिब जनतालाई आर्थिक रुपमा आत्मनिर्भर र सक्षम बनाउन सञ्चालित कार्यक्रम एकद्वार प्रणालीबाट सञ्चालन गर्न यो कार्डले सजिलो हुने मन्त्रालयका सहायक प्रवक्ता दामोदर वाग्लेले जानकारी दिए ।

परिचयपत्रका आधारमा गरिबले राज्यले प्रदान गर्ने सेवासुविधा उपलब्ध गराइने भएकाले स्थानीय तहमार्फत परिचयपत्र वितरण गरिएको हो । गरिबीका कार्यक्रम नियमन र एकीकृत नहुँदा दोहोरोपनासहित दुरुपयोग हुने गरेकाले स्थानीय तहले नै गरिबको पहिचान तथा कार्ड वितरणको जिम्मेवारी दिइएको हो । यथार्थ विवरण आउने तथा वास्तविक गरिबको खोजी हुने भएकाले उनीहरुलाई सेवासुविधा तथा सहुलियत उपलब्ध गराउँदा लक्षित वर्गसम्म पुग्ने अपेक्षा राखिएको छ ।

परिचयपत्र पाउने गरिबलाई आयमूलक कामका लागि सीप सिकाउनुपर्ने, शिक्षा र स्वास्थ्यको ग्यारेन्टी गर्नुपर्ने तथा खाद्य सुरक्षा सुनिश्चित गर्ने कार्यलाई तीनै तहका सरकारको समन्वयमा प्राथमिकतामा राखिने छ । बाँकी रहेका १३ जिल्लामा सर्वेक्षण पूरा भएका कारण वितरण कार्य प्रक्रियामा छ । परिचयपत्र वितरण अगावै उनीहरुको घरपरिवार सर्वेक्षण गरेर गरिबको पहिचान तथा वर्गीकरण गरिएको थियो ।

गरिब पहिचानका लागि विभिन्न १८ सूचकलाई आधार बनाइएको थियो । यो कार्यक्रमका लागि अहिलेसम्म करिब रु एक अर्बभन्दा बढी खर्च भइसकेको छ । गरिबी अन्त्य गर्न सरकारले २०५९ सालमा गरिब घरपरिवार पहिचान र परिचयपत्र वितरण समन्वय बोर्ड गठन गरेर गरिबको खोजी सुरु गरिएको थियो ।

विसं २०७५ देखि मन्त्रालयले यो कार्यक्रमर्लाइ अगाडि बढाएको हो । विपन्न तथा गरिबका लागि कार्यक्रम सञ्चालन गरिएको भए पनि वर्गीकरण नहुँदा ती समुदायका लागि सञ्चालित कार्यक्रम दुरुपयोग र दोहोरोपन आएको थियो ।

परिचयपत्रका आधारमा स्वास्थ्य बिमा, छात्रवृत्ति, सीपमूलक, तामिल, खाद्यसुरक्षालगायत कार्यक्रम प्रस्ताव गरिएको मन्त्रालयले जनाएको छ । गरिबी निवारणको कार्यक्रमले विपन्न वर्गको जीवनस्तरमा सुधार पुग्ने सहायक प्रवक्ता वाग्लेले विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ७ : २९ बजे

मुस्ताङीले देखेको विकासको सपना पूरा गर्न लाग्छौँः डोलप्रसाद अर्याल

मुस्ताङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापित डोलप्रसाद अर्यालयले

विवाह पञ्चमीको चौथो दिन आज तिलकोत्सव सम्पन्न

जनकपुर – जनकपुरधाममा जारी साताव्यापी सीताराम विवाहपञ्चमी महामहोत्सवको आज चौथो

ओलीलाई लक्षित गर्दै गृहमन्त्रीले भने- बयान दिन नगए सरकारले सहयोग गरेर आयोगमा उभ्याउँछ

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले गत भदौ २३ र २४ गते

छोराले जिम्मा लिएर लगे दुर्गा प्रसाईंलाई

काठमाडौं- विवादित मेडिकल व्यवसायी एवम् राजा फर्काउने अभियानमा लागेका दुर्गा