सर्वोच्चको आदेशपछि छुटे दुर्गा प्रसाईं (तस्बिरहरू) « Khabarhub

सर्वोच्चको आदेशपछि छुटे दुर्गा प्रसाईं (तस्बिरहरू)


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सर्वोच्च अदालतको आदेश पछि विवादित मेडिकल व्यवसायी एवम् राजा फर्काउने अभियानमा लागेका दुर्गा प्रसाईं रिहा भएका छन् । उनलाई उनका छोराले बुझेर लगेका हुन् ।

बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतका न्यायाधीशद्वय डा नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले आइतबार रिहा गर्न आदेश दिएपछि उनलाई छोरा निराजनले बुझेर लगेका हुन् ।

राजसंस्था पुनःस्थापनाको माग गर्दै अनिश्चितकालीन आन्दोलन घोषणा गरेका प्रसाईं संगठित अराजकता फैलाएको आरोपमा गत सोमबार मध्यराति घरैबाट पक्राउ परेर जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा थिए ।

भक्तपुरको मध्यपुरठिमीस्थित निवासबाट पक्राउ परेयता उनीमाथि मुद्दा चलाउन चार दिनको म्याद थपिएको थियो । त्यसपछि उनको समूहले देशव्यापी आन्दोलन घोषणा गरेको थियो । तर उक्त आन्दोलन शनिबार सरकारसँगको सहमतिपछि रोकिएको थियो ।

तस्बिरः नेपाल फोटो लाइब्रेरी ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ९ : ०० बजे

दोलखामा विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण व्यवसायीको ठेक्का तोडिए

दोलखा – दोलखामा वर्षौंदेखि विकास निर्माणका काम अलपत्र पार्ने २२

गगन थापाले राष्ट्रिय सभागृहमा पुगेर गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले राष्ट्रिय सभागृहमा

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका

गजुरीमा सडक भासिँएपछि काठमाडौँ–मुग्लिन सडक ठप्प

काठमाडौँ – धादिङको गजुरीमा सडक भासिँएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड बन्द भएको

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा, घटस्थापनाअघि नै सञ्चालनमा ल्याइने  

नुवाकोट– नुवाकोट र रसुवालाई जोड्ने गरी बेत्रावतीस्थित फलाखु खोलामा ७४ मिटर