कांग्रेसका उम्मेदवारको टिकटमा देउवाकै हस्ताक्षर रहने « Khabarhub

कांग्रेसका उम्मेदवारको टिकटमा देउवाकै हस्ताक्षर रहने


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


576
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि टिकटमा सभापति शेरबहादुर देउवाकै हस्ताक्षर चल्ने गरी दल दर्ता गराएको छ।

पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार निर्वाचन आयोगमा पार्टी दर्ता गराएका हुन्। कांग्रेसले शनिबार चुनावमा भाग लिने निर्णय गरेको थियो।

चुनावी प्रयोजनका लागि दल दर्ताको निवेदन दिँदा टिकटमा हुने आधिकारिक हस्ताक्षरको नमुना आयोगमा पेस गर्नुपर्छ। स्रोतका अनुसार कांग्रेसले टिकटमा हस्ताक्षरका लागि सभापति देउवाकै नाम बुझाएको छ।

जेनजी आन्दोलनमा आक्रमणमा परेपछि उपचारका लागि सिंगापुर जानुअघि उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक दिएका थिए।

महामन्त्रीहरू विश्वप्रकाश शर्मा र गगन थापाले देउवाकै नेतृत्वमा चुनावमा जान नसकिने तर्क गर्दै आएका छन्। माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचनका लागि दल दर्ताको निवेदन दिने आज अन्तिम दिन हो। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि भने मंसिर १० गतेसम्म दर्ताको निवेदन दिने समय तोकिएको छ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ८ : ५९ बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको