राष्ट्रिय सभा निर्वाचनमा भाग लिन १३ दल दर्ता « Khabarhub

राष्ट्रिय सभा निर्वाचनमा भाग लिन १३ दल दर्ता


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा १३ दलले सहभागिता जनाउने भएका छन्।

राष्ट्रियसभा निर्वाचनमा सहभागी हुनका लागि दल दर्ता गराउने आज अन्तिम दिनसम्म १३ दलले दल दर्ताको प्रक्रिया पूरा गरेको निर्वाचन आयोगले जनाएको छ।

फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि भने हालसम्म ५६ दल दर्ता भएका छन्। आयोगका सहप्रवक्ता कुलबहादुर जिसीका अनुसार दुवै निर्वाचनका लागि दर्ता हुने दलको संख्या १३२ पुगेको छ।

प्रतिनिधिसभा निर्वाचनका लागि आज मात्र १६ दलले निवेदन दिएका छन्। नेपाली कांग्रेससहितका १६ दलले प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गराएका हुन्।

निर्वाचन राष्ट्रिय सभाका एक तिहाइ सदस्यका लागि हुनेछ। ५९ सदस्यीय राष्ट्रिय सभामा दुई/दुई वर्षमा एक तिहाइ सदस्यका लागि निर्वाचन हुन्छ।

२०७६ सालको चुनावबाट निर्वाचित १९ सदस्यको कार्यकाल आगामी फागुनबाट सकिँदैछ। रिक्त हुन लागेकामध्ये एक जना बामदेव गौतम राष्ट्रपतिबाट मनोनीत सांसद हुन्। बाँकी १८ पदका लागि निर्वाचन हुनेछ।

बिदा हुन लागेका सांसदहरूमा नेकपा एमालेका धेरै सांसदहरू छन्

एमालेका ८, नेकपा माओवादी केन्द्रका ७, एकीकृत समाजवादीका १, जनता समाजवादी पार्टी नेपालका १, लोकतान्त्रिक समाजवादी पार्टीका १ र मनोनीत १ सांसद रहेका छन्।

कार्यकाल सकिएर बिदा हुन लागेका एमालेका सांसदहरूमा इन्दिरा देवी गौतम, गोपाल भट्टराई, तुलसाकुमारी दाहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, विमला घिमिरे, शारदा देवी भट्ट र सुमित्रा बीसी छन्।

बिदा हुन लागेका माओवादी सांसदहरूमा गोपीबहादुर सार्की अछामी, गंगाकुमारी बेलवासे, जगप्रसाद शर्मा, तारामान स्वाँर, नारायणकाजी श्रेष्ठ, मायाप्रसाद शर्मा र राधेश्याम पासवान छन्।

एकीकृत समाजवदीका बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालका मृगेन्द्रकुमार सिंह यादव र लोकतान्त्रिक समाजवादी पार्टीका शेखरकुमार सिंह पनि कार्यकाल सकिएर बिदा हुँदैछन्।

निर्वाचन आयोगको स्वीकृत कार्यक्रमअनुसार प्रतिनिधिसभाका लागि यही मङ्सिर १ गतेदेखि १० गतेसम्म दल दर्ताका लागि समय दिइएको छ।

तीन दिन बाँकी हुँदासम्म नेकपा एमालेले दल दर्ता गरेको छैन। निर्वाचनका लागि जारी हुने निर्वाचन आचारसंहिताको प्रारम्भिक मस्यौदामाथि सुझाव दिने समय आज सकिएको छ।

अब प्राप्त सुझाव समेटेर माघको १-२ गते आचारसंहिता जारी गर्ने आयोगको तयारी रहेको छ।

निर्वाचनका लागि आवश्यक पर्ने सामग्रीहरूको व्यवस्थापनका लागि खरिद प्रक्रिया र अन्य तयारी भइरहेको आयोगले जनाएको छ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ९ : १० बजे

कांग्रेस महाधिवेशन : उदयशमशेरले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उदयशमशेर राणाले महामन्त्री पदमा

कमला नदीको पुल निर्माण अन्तिम चरणमा, मङ्सिरदेखि सञ्चालनमा ल्याइने

जनकपुरधाम– पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जिल्ला जोड्ने कमला

म्यारियटमा ‘द एसेन्स अफ जापान’ : एडामामेमा जापानका परिकारको यात्रा

काठमाडौं– काठमाडौं म्यारियट होटलको विशेष एसियन रेस्टुरेन्ट एडामामेले ‘द एसेन्स

कोप–३१ मा जलवायु वित्त र ऊर्जा रूपान्तरण मुख्य मुद्दा बन्ने

पेरिस- विश्वव्यापी तापक्रम वृद्धि र जलवायुजन्य क्षति बढिरहेका बेला टर्कीको अन्ताल्यामा

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा पूर्वमुख्यमन्त्री शाहीको उम्मेदवारी

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको