स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणः ज्ञानबहादुर बम्जन कारागार चलान « Khabarhub

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणः ज्ञानबहादुर बम्जन कारागार चलान


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगी आरोपमा पक्राउ परेका ज्ञानबहादुर बम्जन पुर्पक्षका लागि कारागार चलान भएका छन्।

जिल्ला अदालत, काठमाडौंले उनलाई थुनामा पठाउने आदेश दिएसँगै उनलाई केन्द्रीय कारागार, सुन्धारा चलान गरिएको हो।

सहकारी ठगीका मुख्य आरोपित जीबी राईका नातेदार(जेठान) उनी जेनजी आन्दोलनका बेला प्रहरी वृत्त, कालिमाटीको हिरासतबाट भागेका थिए।

फेरि पक्राउ गरेर प्रहरीले अदालत पेस गरेको थियो। यसअघि उनी पोखराको सूर्यदर्शन सहकारी ठगीमासमेत मुछिएका थिए। प्रहरीले उनलाई पक्राउ गरेको थियो।

तर, अदालतले १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। सहकारी ठगी आरोप लागेका जीबी राई भने देशबाहिर छन्।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ९ : ४१ बजे

कफी उत्पादक किसानलाई व्यावसायिक कफीखेती प्रविधि तालिम

धुलिखेल– काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकाका कफीखेती गर्दै आएका किसानहरूलाई व्यावसायिक

कांग्रेस विशेष महाधिवेशन पक्षधरको आजका औपचारिक कार्यक्रम स्थगित

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आजका लागि तय भएका

कम्पनीको कागजात दुरूपयोग गर्ने व्यक्ति पक्राउ

काठमाडौं– प्रहरीले कम्पनीको कागजात दुरूपयोग गरी ‘ई सेवा’मार्फत करोडौँ रकम

माघ २१ देखि भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट प्रतियोगिता हुने

झापा– भद्रपुर क्रिक्रेट क्लबको आयोजनामा मेची रङ्गशालाको नवनिर्मित मैदानमा आगामी

भोजपुरमा व्यवसायिक रुद्राक्ष खेती (तस्बिरहरू) 

भोजपुर– नेपालको पूर्वी पहाडी जिल्ला भोजपुर रुद्राक्ष खेतीको लागि निकै