महेश बस्नेत सवार गाडीमा रङ छ्याप्ने दुई युवा रिहा « Khabarhub

महेश बस्नेत सवार गाडीमा रङ छ्याप्ने दुई युवा रिहा


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेको पोलिटब्युरो सदस्य महेश बस्नेत सवार गाडीमा मोरङको विराटनगरमा रातो रङ प्रहार गरेपछि पक्राउ परेका दुई युवा छुटेका छन्।

आइतबार बिहान विराटनगर विमानस्थल सडकनजिकै दुई युवाले बस्नेत चढेको गाडीमा रातो रङ छ्यापेका थिए।

रङ प्रहार गरेपछि प्रहरीले अर्पित कुँवर र संजोग गौतम पक्राउ परेका थिए। उनीहरू दुवै आइतबार साँझ छुटेको जिल्ला प्रहरी कार्यालय मोरङकी डीएसपी कोपिला चुडालले जानकारी दिइन्।

बस्नेत इटहरीमा भएको पार्टीको कार्यक्रममा सहभागी हुन जानेक्रममा विराटनगर विमास्थलबाट गाडीमा बाहिरिँदै गर्दा आक्रमणको प्रयास भएको थियो।

ती दुवै युवा भने नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघको कार्यकर्ता भएको पनि खुलेको छ। उनीहरु नेविसंघको नेता भएको खुलेपछि केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले फेसबुकबाटै कारबाहीको चेतावनी दिएका थिए।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ९ : ५० बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको