मानव बेचबिखन तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी पक्राउ « Khabarhub

मानव बेचबिखन तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी पक्राउ


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- जिल्ला प्रहरी कार्यालय सुर्खेतले मानव बेचबिखन तथा शरीर बन्धक मुद्दाका फरार व्यक्तिलाई पक्राउ गरेको छ।

गुर्भाकोट नगरपालिका–६ बस्ने आनन्द शर्मालाई प्रहरीको विशेष टोलीले शनिबार राति पक्राउ गरेको हो।

गुर्भाकोट नगरपालिका–११ स्थित लुकिछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी मोहनजंग बुढाथोकीले जानकारी दिए।

शर्मालाई सुर्खेत जिल्ला अदालतले नौ वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवाना तोकेको थियो। अदालतको फैसला कार्यान्वयनका लागि उनलाई निरन्तर खोजी भइरहेको थियो। उनलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै जिल्ला अदालत सुर्खेतमा पेस गरिएको सुर्खेत प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  १० : १७ बजे

संसदीय मोर्चामा एमालेका सम्भावित कमान्डर ?

काठमाडौँ – नेकपा (एमाले) संसदीय दलको बैठक आज बस्दैछ ।

प्रकृतिलाई खुसी बनाउन ‘भूमे पूजा’

म्याग्दी– म्याग्दीका मगर समुदायमा प्रकृतिलाई खुसी बनाउन ‘भूमे पूजा’ को

जलस्रोत संरक्षणसँगै पर्यटन प्रवर्द्धन : थलथले पोखरी नयाँ गन्तव्य

भोजपुर– जलस्रोत संरक्षण र पर्यटन प्रवर्द्धनलाई सँगै अघि बढाउने उद्देश्यका

रणवाङ–दरुङ–हिदी सडक स्तरोन्नति गरिँदै

म्याग्दी– म्याग्दीको रणवाङ–दरुङ–हिदी सडक स्तरोन्नतिको काम सुरु भएको छ ।

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै छ ।