तिङ्लाको सुक्खा पहिरोको अध्ययन गर्न भूगर्भविद्को टोली खटिए « Khabarhub

तिङ्लाको सुक्खा पहिरोको अध्ययन गर्न भूगर्भविद्को टोली खटिए


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु– सोलुदूधकुण्ड नगरपालिका–११ तिङ्लामा हिउँदमा गएको सुक्खा पहिरोको अध्ययन गर्न भू-गर्भविदको टोली खटिएको छ ।

सोलु खोलामाथि सारेलोक चौरमा लगातार पहिरो जाँदा दुई सय रोपनी खेतीयोग्य जमिन बगाएको छ भने सिंगो बस्ती नै जोखिम परेपछि उक्त क्षेत्रको अध्ययनका लागि भूगर्भविदको टोली आएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी पाण्डेले जानकारी दिए।

राष्ट्रिय विपद् जोखिम न्युनीकरणबाट ४ जनाको टोलीले भोलिसम्म अध्ययन गर्ने उल्लेख गरिएको छ। त्यस क्षेत्रको भुगोलको अवस्था, पहिरो जानुका कारण लगायतका विषयमा अध्ययन गर्ने प्रजिअ पााण्डेले बताए।

सोलु खोलामाथि रहेको तिङ्लामा करिब साढे १ किलोमिटर जमिन नै पहिरोले बगाउँदा बस्तीमा जोखिम बढेको हो। स्थानीयले धान रोप्दै आएको खेत बगाउँदा आधा दर्जन घरपरिवार जमिनविहीन हुन पुगेका छन्।

गत वर्ष मंसिर ५ गतेबाट सुरू भएको पहिरो गाउँसम्म आइपुगेपछि स्थानीयको निद्रा हराएको छ। पहिरो पछि स्थानीय सरकार र संघीय सरकारले चाँडै भूगर्भविद्को टोली झिकाएर स्थलगत रूपमा जमिनको अध्ययन गर्ने प्रतिवद्धता जनाएका थिए।

भूगर्भविद्को अध्ययनपछि बस्ती स्थानान्तरणबारे निचोडमा पुग्ने जनाएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  १० : ४५ बजे

व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं – जिल्ला अदालतले सम्पत्ति शुद्धिकरण कसुरमा व्यापारी दीपक भट्टमाथि

संविधान निर्माण गरेका शक्तिहरु एकताबद्ध हुनुपर्छ : संयोजक दाहाल

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं – सङ्घीय संसद् सचिवालयले यही चैत २२ गते आइतबार

मध्यपूर्व युद्ध अन्त्यका लागि थप प्रयास गर्न रूसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच टेलिफोन वार्ता

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार साउदी राजकुमार मोहम्मद

संसद्मा बादलको भाषणले एमालेभित्र ‘भुइँचालो’, विष्णु पौडेलले भने – पार्टीमा गम्भीर समीक्षा हुन्छ

काठमाडौं – प्रतिनिधिसभामा रामबहादुर थापा ‘बादल’ले दिएको भाषणपछि नेकपा (एमाले)