क्रिकेट खेलाडी धामी ‘बिज एजुकेशन’का ब्रान्ड एम्बासडर « Khabarhub

क्रिकेट खेलाडी धामी ‘बिज एजुकेशन’का ब्रान्ड एम्बासडर


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्रिकेट खेलाडी हेमन्त धामीलाई ‘बिज एजुकेशन’ले ब्रान्ड एम्बासडरका रूपमा अनुबन्ध गरेको छ । उनलाई तीन वर्षका लागि ब्रान्ड एम्बासडरका रूपमा अनुबन्ध गरिएको हो ।

क्रिकेटर धामी र बिज एजुकेशनका संस्थापक तथा प्रबन्ध निर्देशक हरि कार्कीले सोमबार सम्झौतामा हस्ताक्षर गरेका छन् ।

प्रबन्ध निर्देशक कार्कीले यो साझेदारी केवल ब्रान्ड प्रवर्द्धनका लागि नभइ युवाहरूको दीर्घकालीन विकास र जिम्मेवार मार्गदर्शनका लागि भएको उल्लेख गरे । उनले नेपालमा क्रिकेट खेलमा उल्लेखनीय विकास भएको बताए ।

खेलकुद र शिक्षाबीचको सम्बन्धबारे चर्चा गर्दै प्रबन्ध निर्देशक कार्कीले खेलकुदले अनुशासन, नेतृत्व, धैर्यता र आत्मविश्वास निर्माण गर्ने बताए । बिज एजुकेशनले खेल, कला र शिक्षालाई एउटै प्लेटफर्ममा जोड्दै आएको उनले जानकारी दिए ।

ब्रान्ड एम्बासडर धामीले बिज एजुकेशनप्रति आभार व्यक्त गर्दै शिक्षा मात्र होइन, खेलकुद र युवाको समग्र भविष्यमा लगानी गरिरहेको संस्थासँग आबद्ध हुन पाउनु खुसीको कुरा भएको बताए । खेल र अध्ययन सँगसँगै अघि बढाउन सकिने उनको भनाइ थियो ।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  १० : ०७ बजे

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल

एन्फा नेतृत्वविरुद्ध ९३ लाखको भ्रष्टाचार र खेल मिलेमतो मुद्दा दायर

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान नेतृत्वविरुद्ध ९३

कांग्रेस महाधिवेशन : खुलामञ्चमा पनि मतदान जारी

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि काठमाडौंको खुलामञ्चस्थित

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

दाङ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुसम्बन्धी रोगको परीक्षण तथा उपचारका लागि