२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण « Khabarhub

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म नेपालको सार्वजनिक ऋण २७ खर्ब ८८ अर्ब ५३ करोड २१ लाख रुपैयाँ पुगेको हो ।

गत आर्थिक वर्षको असार मसान्तसम्म सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड ७७ लाख रुपैयाँ रहेकोमा ५ महिनाको अवधिमा १ खर्ब १४ अर्ब ४८ करोड ४४ लाख रुपैयाँ थपिएको हो । कार्यालयका अनुसार मंसिर मसान्तसम्म नेपालको सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादनको ४५.६६ प्रतिशत पुगेको छ ।

समीक्षा अवधिसम्म कुल गार्हस्थ्य उत्पादनमा कुल सार्वजनिक ऋणको २१.३१ प्रतिशत अर्थात् १३ खर्ब १ अर्ब ६३ करोड १० लाख रुपैयाँ पुगेको छ । त्यस्तै, २४.३५ प्रतिशत अर्थात् कुल गार्हस्थ्य उत्पादनको २४.३५ प्रतिशत अर्थात् १४ खर्ब ८६ अर्ब ९० करोड ११ लाख रुपैयाँ वैदेशिक ऋण पुगेको छ ।

सरकारले चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा १ खर्ब ७५ अर्ब १२ करोड सार्वजनिक ऋण प्राप्त गरेको छ । चालु आर्थिक वर्षमा सरकारले ५ खर्ब ९५ अर्ब सार्वजनिक ऋण प्राप्त गर्ने लक्ष्य राखेकोमा समीक्षा अवधिसम्म २९.४० प्रतिशत मात्रै परिचालन गर्न सफल भएको छ । जसमध्ये आन्तरिक ऋण ४०.७९ र बाह्य ऋण ११.७५ प्रतिशत परिचालन भएको छ ।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ११ : २८ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा