पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा « Khabarhub

पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्म मुलुकले कूल आठ खर्ब ८२ अर्ब ६९ करोड ८२ लाख २९ हजार रुपैयाँको वैदेशिक व्यापार गर्दा छ खर्ब ४९ अर्ब ६८ करोड रुपैयाँ घाटा व्यहोरेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको पाँच महिनाको वैदेशिक व्यापारको स्थिति प्रतिवेदनअनुसार यो अवधिमा सात खर्ब ६६ अर्ब १८ करोड ९१ लाखको आयात र  एक खर्ब १६ अर्ब ५० करोड रुपैयाँको निर्यात भएको छ ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात १५ दशमलव ८३ र निर्यात ५८ दशमलव १७ प्रतिशतले बढेको विभागले जनाएको छ ।

भारतसँग मात्र पाँच महिनामा तीन खर्ब ३९ अर्ब दुई करोड रुपैयाँभन्दा बढी व्यापार घाटा देखिएको छ । यो अवधिमा भारतबाट चार खर्ब ३४ अर्ब छ करोड ४२ लाख रुपैयाँको वस्तु आयात हुँदा ९५ अर्ब चार करोड २० लाख रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ । 

अर्को छिमेकी मुलुक चीनसँग एक खर्ब ६३ अर्ब ७३ करोड ४८ लाख रुपैयाँको आयात र  ४६ करोड ६८ लाख रुपैयाँ बराबरको मात्र निर्यात हुँदा नेपालले एक खर्ब ६३ अर्ब २६ करोड ८० लाख रुपैयाँको घाटा व्यहोरेको छ ।

नेपालले व्यापार नाफा गरेका मुलुकहरूमा भने रोमानिया पहिलो स्थानमा देखिएको छ । पछिल्लो पाँच महिनामा रोमानियासँग नेपालको कूल वैदेशिक व्यापार नाफा छ करोड ३४ लाख ६९ हजार रुपैयाँ बराबर छ । त्यस्तै स्वीडेन, इराकलगायतका मुलुकसँग नेपालको व्यापार नाफा छ ।

यो अवधिमा पेट्रोलियम पदार्थको आयात सबैभन्दा बढी छ । विभागका अनुसार पछिल्लो पाँच महिनामा रू ४५ अर्ब ६० करोड ६२ लाख ११ हजार बराबरको डिजेल, रू २७ अर्ब ३३ करोड दुई लाख १४ लाख बराबरको पेट्रोल र रू २२ अर्ब ३९ करोड ४६ लाख बराबरको खाना पकाउने ग्यास आयात भएको छ । रू १९ अर्ब १३ करोड ६९ लाखको स्मार्टफोन, रू ४६ अर्ब ९७ करोडको कच्चा सोयाबिन तेल, रू २१ अर्ब ८४ करोड ६३ लाख बराबरको फलामजन्य वस्तु आयात भएको छ ।

नेपालले बढी निर्यात गरेका वस्तुमा सोयाबिन तेल पहिलो स्थानमा देखिएको छ । यो अवधिमा रू ४६ अर्ब ५५ करोड ८६ लाख ६६ हजार बराबरको सोयाबिन तेल निर्यात भएको छ । त्यस्तै रू पाँच अर्ब ५३ करोड ३२ लाख बराबरको ठूलो अलैँची, रू चार अर्ब १३ करोड ३४ लाख बराबरको कार्पेट र रू तीन अर्ब ७३ करोड बराबरको सूर्यमुखी तेल निर्यात भएको छ । रासस

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  १२ : ०९ बजे

व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार

गण्डकी– रोजगारीका लागि युवाहरू विदेश पलायन भइरहेका बेला तनहुँको शुक्लागण्डकी

युरोपेली सङ्घद्वारा रूसी न्यायपालिकाका सदस्यमाथि प्रतिबन्ध

एजेन्सी– युरोपेली सङ्घ (इयु) ले सोमबार रुसी न्यायपालिकाका दुई सदस्यमाथि

दोस्रो दिन पनि मिराज नेतृत्वका जेन-जी सडकमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगाना समूहले आज पनि  प्रदर्शन गर्दै

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

एजेन्सी– अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ – सेनाको चिकित्सा सामाग्री

सक्रिय बन्दै गण्डकीका न्यायिक समिति : अधिकांश मुद्दा मेलमिलापमै टुङ्गिए

गलकोट– गण्डकी प्रदेशका ११ जिल्लाका ८५ स्थानीय तहका न्यायिक समिति