काठमाडौं – सन् २०२६ जनवरीमा काठमाडौंमा हुने आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको खेलतालिका सार्वजनिक भएको छ ।
समूह विभाजनसँगै मंगलबार बिहान नेपाल क्रिकेट संघ (क्यान)ले खेल तालिका सार्वजनिक गरेको हो।आयोजक नेपाल समूह ‘बी’मा परेको छ।
प्रतियोगितामा नेपालसहित १० देश सहभागी हुँदैछन्।यो प्रतियोगिता त्रिवि क्रिकेट मैदान, कीर्तिपुर र मुलपानी क्रिकेट मैदानमा हुँदैछ।प्रतियोगिताको सुरुवात जनवरी १८ तारिखदेखि हुँदैछ।त्यसअघि जनवरी १४ र १६ तारिखमा वामअप खेल हुनेछन्।
क्यानले सार्वजनिक गरेको सूचना अनुसार समूह ‘बी’मा नेपालसँगै स्कटल्यान्ड, थाइल्यान्ड, नेदरल्यान्ड्स र जिम्बाबे छन् भने समूह ‘ए’ मा बंगालदेश, आयरल्यान्ड, नामिबिया, पपुवान्युगिनी र अमेरिका छन्।
नेपालले पहिलो खेलमा जनवरी १८ तारिखमा थाइल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।यो खेल मुलपानी मैदानमा हुँदैछ।नेपाली महिला टिम पहिलो पटक एसिया छनोट पार गर्दै ग्लोबल छनोटमा पुगेको हो।
१० देश सहभागी सुपर सिक्सको छनोट हुनेछ।सुपर सिक्सबाट शीर्ष चारमा पर्न सफल देश २०२६ को विश्वकपमा छनोट हुनेछन्।














प्रतिक्रिया