‘धुरन्धर’ बन्यो रणवीर सिंहको करियरकै सबैभन्दा सफल फिल्म « Khabarhub

‘धुरन्धर’ बन्यो रणवीर सिंहको करियरकै सबैभन्दा सफल फिल्म


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ — बलिउड अभिनेता रणवीर सिंहको पछिल्लो फिल्म ‘धुरन्धर’ प्रदर्शनको मात्र १७ दिनमा विश्वभरबाट ८०५ करोड भारु कमाई गर्दै उनका करियरकै सबैभन्दा सफल फिल्म बन्न सफल भएको छ । यसले पहिलेको रेकर्ड तोड्दै रणवीरको सन् २०१८ मा रिलिज भएको ‘पद्‍मावत’ लाई पछि पार्न सफल भएको छ ।

फिल्मले दोस्रो हप्ताको शनिबार ३४ करोड र आइतबार ३८ करोडभन्दा बढी कमाई गरेर हलहरूमा आफ्नो बलियो पकड कायम राखेको छ । यस व्यापारिक रफ्तारलाई हेर्दा, ‘धुरन्धर’ सन् २०२५ को सबैभन्दा बढी कमाउने फिल्म बन्ने सम्भावना बलियो देखिन्छ ।

हालसम्म ८५० करोड भारु सङ्कलन गरेर कन्नड फिल्म ‘कान्तारा : द लिजेन्ड–च्याप्टर १’ यस वर्षको शीर्ष स्थानमा छ भने ‘धुरन्धर’ दोस्रो स्थानमा उक्लिएको छ ।

यद्यपि हिन्दी भाषाका फिल्महरूमा यो फिल्म पहिलो स्थानमा छ । अन्य प्रमुख फिल्महरूको सूचीमा विकी कौशलको ‘छावा’ ७९७ करोडसहित तेस्रो र ‘सैयारा’ चौथो स्थानमा रहेका छन् । भारतभित्र मात्रै ‘धुरन्धर’ले ५५५ करोडभन्दा बढीको व्यापार गरिसकेको छ ।

फिल्मको ठूलो सफलतापछि निर्माण पक्षले दोस्रो भाग ‘धुरन्धर २’ को रिलिज मिति आगामी सन् २०२६ मार्च १९ गते का लागि घोषणा समेत गरेको छ ।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ४ : ०४ बजे

काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका

वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र आवश्यक

काठमाडौं – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रस्थान गर्ने

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

तेहरान – इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई

विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती

काठमाडौं – अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको

युद्धविरामबारे ट्रम्पले भने : निकै महत्वपूर्ण कदम, तर पर्याप्त छैन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका लागि अमेरिकाले