काठमाडौँ — बलिउड अभिनेता रणवीर सिंहको पछिल्लो फिल्म ‘धुरन्धर’ प्रदर्शनको मात्र १७ दिनमा विश्वभरबाट ८०५ करोड भारु कमाई गर्दै उनका करियरकै सबैभन्दा सफल फिल्म बन्न सफल भएको छ । यसले पहिलेको रेकर्ड तोड्दै रणवीरको सन् २०१८ मा रिलिज भएको ‘पद्मावत’ लाई पछि पार्न सफल भएको छ ।
फिल्मले दोस्रो हप्ताको शनिबार ३४ करोड र आइतबार ३८ करोडभन्दा बढी कमाई गरेर हलहरूमा आफ्नो बलियो पकड कायम राखेको छ । यस व्यापारिक रफ्तारलाई हेर्दा, ‘धुरन्धर’ सन् २०२५ को सबैभन्दा बढी कमाउने फिल्म बन्ने सम्भावना बलियो देखिन्छ ।
हालसम्म ८५० करोड भारु सङ्कलन गरेर कन्नड फिल्म ‘कान्तारा : द लिजेन्ड–च्याप्टर १’ यस वर्षको शीर्ष स्थानमा छ भने ‘धुरन्धर’ दोस्रो स्थानमा उक्लिएको छ ।
यद्यपि हिन्दी भाषाका फिल्महरूमा यो फिल्म पहिलो स्थानमा छ । अन्य प्रमुख फिल्महरूको सूचीमा विकी कौशलको ‘छावा’ ७९७ करोडसहित तेस्रो र ‘सैयारा’ चौथो स्थानमा रहेका छन् । भारतभित्र मात्रै ‘धुरन्धर’ले ५५५ करोडभन्दा बढीको व्यापार गरिसकेको छ ।
फिल्मको ठूलो सफलतापछि निर्माण पक्षले दोस्रो भाग ‘धुरन्धर २’ को रिलिज मिति आगामी सन् २०२६ मार्च १९ गते का लागि घोषणा समेत गरेको छ ।













प्रतिक्रिया