‘धुरन्धर’ बन्यो रणवीर सिंहको करियरकै सबैभन्दा सफल फिल्म « Khabarhub

‘धुरन्धर’ बन्यो रणवीर सिंहको करियरकै सबैभन्दा सफल फिल्म


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ — बलिउड अभिनेता रणवीर सिंहको पछिल्लो फिल्म ‘धुरन्धर’ प्रदर्शनको मात्र १७ दिनमा विश्वभरबाट ८०५ करोड भारु कमाई गर्दै उनका करियरकै सबैभन्दा सफल फिल्म बन्न सफल भएको छ । यसले पहिलेको रेकर्ड तोड्दै रणवीरको सन् २०१८ मा रिलिज भएको ‘पद्‍मावत’ लाई पछि पार्न सफल भएको छ ।

फिल्मले दोस्रो हप्ताको शनिबार ३४ करोड र आइतबार ३८ करोडभन्दा बढी कमाई गरेर हलहरूमा आफ्नो बलियो पकड कायम राखेको छ । यस व्यापारिक रफ्तारलाई हेर्दा, ‘धुरन्धर’ सन् २०२५ को सबैभन्दा बढी कमाउने फिल्म बन्ने सम्भावना बलियो देखिन्छ ।

हालसम्म ८५० करोड भारु सङ्कलन गरेर कन्नड फिल्म ‘कान्तारा : द लिजेन्ड–च्याप्टर १’ यस वर्षको शीर्ष स्थानमा छ भने ‘धुरन्धर’ दोस्रो स्थानमा उक्लिएको छ ।

यद्यपि हिन्दी भाषाका फिल्महरूमा यो फिल्म पहिलो स्थानमा छ । अन्य प्रमुख फिल्महरूको सूचीमा विकी कौशलको ‘छावा’ ७९७ करोडसहित तेस्रो र ‘सैयारा’ चौथो स्थानमा रहेका छन् । भारतभित्र मात्रै ‘धुरन्धर’ले ५५५ करोडभन्दा बढीको व्यापार गरिसकेको छ ।

फिल्मको ठूलो सफलतापछि निर्माण पक्षले दोस्रो भाग ‘धुरन्धर २’ को रिलिज मिति आगामी सन् २०२६ मार्च १९ गते का लागि घोषणा समेत गरेको छ ।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ४ : ०४ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

क्रियाशील सदस्यतामा समन्वय र सहजीकरण गर्न जिल्ला समितिलाई कांग्रेसको निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियालाई व्यवस्थित, पारदर्शी