गृहमन्त्री अर्याल सुर्खेतमा « Khabarhub

गृहमन्त्री अर्याल सुर्खेतमा


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

कर्णाली– गृहमन्त्री ओमप्रकाश अर्याल आज सुर्खेत आइपुगेका छन् । बुधबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा हुने भनिएको कर्णाली प्रदेशस्तरीय सुरक्षा समितिको बैठकलाई सम्बोधन गर्न मन्त्री अर्याल सुर्खेत आइपुगेका ।

उनले भेरीगङ्गा नगरपालिका–८ सुर्खेत चिप्लेस्थित निर्माणाधीन भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको निरीक्षण गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायका अनुसार मन्त्री अर्यालले जिल्ला प्रशासन र सुरक्षा निकायको निरीक्षण पश्चात आवश्यक निर्देशन दिने कार्यक्रम छ । टोलीमा मन्त्री अर्यालसँगै गृह सचिव रामेश्वर दङ्गालसहित १३ सदस्य सहभागी छन् ।  

बैठकमा आगामी निर्वाचनको सुरक्षा व्यवस्थापन, प्रदेशको सुरक्षा चुनौतीबारे छलफल गरिने छ । उक्त बैठकमा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी बल नेपालका अतिरिक्त महानिरीक्षक राजु अर्याल, नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठलगायतका सुरक्षा अधिकारीको सहभागिता रहने जनाइएको छ । 
 

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ४ : १९ बजे

विराटनगरमा आत्मदाह प्रयास गरेका युवकलाई प्रहरीले गर्‍यो सकुशल उद्धार

विराटनगर – विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना

दाङमा भेटिए ११ वटा अवैध भरुवा बन्दुक

दाङ – जिल्लाको बङ्गलाचुलीको एक जङ्गलबाट प्रहरीले आज ११ वटा

छात्राहरूमाथि दुर्व्यवहारबारे सुकुनाले भन्यो : पीडितले न्याय पाउनुपर्छ, निर्दोष बदनाम हुनुहुँदैन

मोरङ – मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयमा अध्ययनरत

फेसबुक म्यासेन्जरमा प्राविधिक समस्या

काठमाडौं – मेटा कम्पनीअन्तर्गत सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म फेसबुक म्यासेन्जरमा