अर्थसंक्षेप : २८ खर्ब नजिक नेपालको सार्वजनिक ऋण, झिनो अंकले नेप्सेमा सुधार र कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता « Khabarhub

अर्थसंक्षेप : २८ खर्ब नजिक नेपालको सार्वजनिक ऋण, झिनो अंकले नेप्सेमा सुधार र कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

झिनो अंकले बढ्यो नेप्से, १३४ कम्पनीको सेयर मूल्य बढ्यो

आइतबार र सोमबार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मंगलबार भने झिनो अंकले बढेको छ । आज ३ अर्ब ४२ करोड ९८ लाख ९३ हजार रुपैयाँको सेयर कारोबार हुँदा नेप्से ३.२७ अंकले बढेर २५८४.४९ बिन्दुमा पुगेको हो ।

आज नेप्से झिनो अंकले सुधार हुँदा कारोबार भएकामध्ये १३४ वटा कम्पनीको सेयर मूल्य बढ्यो भने ११७ वटा कम्पनीको सेयर मूल्य घट्यो । तर, आज ८ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ निर्माणको तयारी

बाढीले क्षति पुर्‍याएकाे तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

बुटवल-गोरुसिङ्गे सडक आयोजना : सामग्री अभावले काम प्रभावित

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म नेपालको सार्वजनिक ऋण २७ खर्ब ८८ अर्ब ५३ करोड २१ लाख रुपैयाँ पुगेको हो ।

गत आर्थिक वर्षको असार मसान्तसम्म सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड ७७ लाख रुपैयाँ रहेकोमा ५ महिनाको अवधिमा १ खर्ब १४ अर्ब ४८ करोड ४४ लाख रुपैयाँ थपिएको हो । कार्यालयका अनुसार मंसिर मसान्तसम्म नेपालको सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादनको ४५.६६ प्रतिशत पुगेको छ ।

पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा

लेकुडा गाउँमा बिजुलीका खम्बा पुगे, पुगेन बिजुली

आन्तरिक पर्यटकको रोजाइ बन्दै बाह्रकुने दह

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग करिब चार अर्ब १० करोड अमेरिकी डलरको सम्झौतामा हस्ताक्षर गरेको छ ।

सार्वजनिक खर्चको अनुगमन गर्ने सरकारी निकाय स्टेट अडिट ब्युरोले सोमबार जानकारी दिँदै बौब्यान टापुमा निर्माणाधीन मुबारक अल–कबीर बन्दरगाह परियोजना पूरा गर्न इन्जिनियरिङ, खरिद तथा निर्माण (इपिसी) सम्झौताअन्तर्गत करिब एक अर्ब २८ करोड कुवेती दिनार अर्थात् चार अर्ब १६ करोड ४० लाख अमेरिकी डलर खर्च हुने जनाएको छ ।

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

पोखरेबगर–घोडेपानी सडक स्तरोन्नति सुरु

तनहुँ जिल्ला प्रशासनबाट तीन महिनामा ४३४ गुनासा फर्स्योट

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ७ : ०१ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्