क्रियाशील सदस्यतामा समन्वय र सहजीकरण गर्न जिल्ला समितिलाई कांग्रेसको निर्देशन « Khabarhub

क्रियाशील सदस्यतामा समन्वय र सहजीकरण गर्न जिल्ला समितिलाई कांग्रेसको निर्देशन


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियालाई व्यवस्थित, पारदर्शी र समयमै सम्पन्न गर्न जिल्ला कार्यसमितिहरूलाई आवश्यक समन्वय र सहजीकरण गर्न निर्देशन दिएको छ।

कांग्रेस केन्द्रीय कार्यालयले जारी गरेको अत्यन्त जरुरी परिपत्रमार्फत पार्टीको विधानअनुसार नयाँ क्रियाशील सदस्यता फारम प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलाई नै सिधै पठाउने व्यवस्था गरिएको स्पष्ट गरेको छ।

यसअघि कतिपय क्षेत्रमा क्रम संख्या नभएका फारम वितरण भएको जानकारी आएपछि क्रम संख्या सहितका नयाँ फारम पुनः प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिमा पठाइसकिएको केन्द्रीय कार्यालयले जनाएको छ।

परिपत्रमा पार्टीको १५ औं महाधिवेशन कार्यतालिकाअनुसार नविकरण र नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रिया, मापदण्ड र समयसीमाबारे जिल्ला तथा क्षेत्रीय कार्यसमितिलाई पहिल्यै विस्तृत जानकारी गराइसकिएको उल्लेख छ।

केन्द्रीय कार्यालयले जिल्ला कार्यसमितिलाई नयाँ सदस्यता वितरणका क्रममा प्रतिनिधिसभा क्षेत्रीय समिति, प्रदेशसभा क्षेत्रीय समिति, गाउँ वा नगरपालिका समिति र वडा समितिसँग समन्वय, सहजीकरण, सहयोग र अनुगमन गर्न आग्रह गरेको छ।

त्यसैगरी विधानको धारा ४(८)(क)(१) बमोजिम नयाँ क्रियाशील सदस्यतासम्बन्धी उजुरीको प्रारम्भिक छानविन र निर्णय गर्ने अधिकार जिल्लास्थित क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिको रहने भएकाले तहगत रूपमा अनुगमन गर्दै आएका समस्या वा गुनासोमाथि समयमै छानविन गरी केन्द्रलाई जानकारी गराउन पनि निर्देशन दिइएको छ।

महामन्त्री गगनकुमार थापाद्वारा हस्ताक्षरित परिपत्रमा विधान, नियमावली, केन्द्रीय कार्यसमितिको निर्णय र परिपत्रअनुसार मापदण्ड पुगेका व्यक्तिलाई सहज र व्यापक रूपमा नयाँ क्रियाशील सदस्यता वितरण गरी तोकिएको समयभित्र केन्द्रमा विवरण पठाउन आग्रह गरिएको छ।

कांग्रेसले नयाँ सदस्यता वितरणलाई १५ औं महाधिवेशनको महत्वपूर्ण आधार मानेको भन्दै प्रक्रिया निष्पक्ष र व्यवस्थित बनाउन सबै तहका समितिको सक्रिय भूमिका आवश्यक रहेको स्पष्ट पारेको छ।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ७ : २० बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी