पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन « Khabarhub

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको निधन भएको छ । विराटनगर–९ स्थित आफ्नै निवासीमा मण्डलको ८७ वर्षको उमेरमा मंगलबार निधन भएको हो ।

परिवारिक स्रोतका अनुसार, मण्डल मुटुसम्बन्धी रोगबाट ग्रस्त थिए । बिहान शौचालय गएर आई सुतेका उनी ओछ्यानमै मृत फेला परेका थिए । भतिजी जस्मिन मण्डलले बताएअनुसार परिवारले थाहाँ पाउँदा मण्डलको निधन भइसकेको थियो ।

पूर्वराजा ज्ञानेन्द्र शाहको शासनकालमा मण्डल मन्त्री थिए । उनी सद्भावना पार्टीको अध्यक्षसमेत बनेका थिए ।

मण्डल राजतन्त्र र हिन्दुत्व पक्षमा थिए । २०४६ सालअघि राजतन्त्रवादी उनी बहुदल आएपछि सद्भावना पार्टीसँग जोडिएका थिए । ज्ञानेन्द्र शाहको शासनकालमा उनी उपप्रधानमन्त्री थिए । नेपाली कांग्रेसमा केही समय आबद्ध भएका थिए । उनका दुई श्रीमती, चार छोरा र तीन छोरी छन् ।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ८ : ५८ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी