पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन « Khabarhub

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको निधन भएको छ । विराटनगर–९ स्थित आफ्नै निवासीमा मण्डलको ८७ वर्षको उमेरमा मंगलबार निधन भएको हो ।

परिवारिक स्रोतका अनुसार, मण्डल मुटुसम्बन्धी रोगबाट ग्रस्त थिए । बिहान शौचालय गएर आई सुतेका उनी ओछ्यानमै मृत फेला परेका थिए । भतिजी जस्मिन मण्डलले बताएअनुसार परिवारले थाहाँ पाउँदा मण्डलको निधन भइसकेको थियो ।

पूर्वराजा ज्ञानेन्द्र शाहको शासनकालमा मण्डल मन्त्री थिए । उनी सद्भावना पार्टीको अध्यक्षसमेत बनेका थिए ।

मण्डल राजतन्त्र र हिन्दुत्व पक्षमा थिए । २०४६ सालअघि राजतन्त्रवादी उनी बहुदल आएपछि सद्भावना पार्टीसँग जोडिएका थिए । ज्ञानेन्द्र शाहको शासनकालमा उनी उपप्रधानमन्त्री थिए । नेपाली कांग्रेसमा केही समय आबद्ध भएका थिए । उनका दुई श्रीमती, चार छोरा र तीन छोरी छन् ।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ८ : ५८ बजे

परराष्ट्रमन्त्री खनालसँग साउदी राजदूत मोनैखिरको भेट

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद

पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान

काठमाडौं– नेपाल पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान गरिएको छ ।

विकल्पविहीन भएपछि सरकारले उठिबास लगाएका सुकुम्वासी रोज्दैछन् मृत्यु

काठमाडौं- सुकुम्वासीसँग प्रधानमन्त्री वालेन्द्र शाहको इगो नयाँ होइन । उनी

किएभमा रूसी हमलामा १२ जनाको मृत्यु

एजेन्सी- युक्रेनको राजधानी किएभ र आसपासका क्षेत्रमा रूसले गरेको लामो

‘’नीतिगत निर्णय’ को कानुनी जटिलता नफुकाए मन्त्रिपरिषदका निर्णयमाथि अनुसन्धान गर्न सकिँदैन’

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले ’नीतिगत