जोन र्‍याक्लिफ ट्रम्पको सीआईए निर्देशक पक्का  « Khabarhub

जोन र्‍याक्लिफ ट्रम्पको सीआईए निर्देशक पक्का 


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सेन्ट्रल इन्टलिजेन्स एजेन्सी (सीआईए)को प्रमुखमा नियुक्त गरेका जोन र्‍याक्लिफ लाई सिनेटले अनुमोदन गरेको छ । उनको नियुक्तिको पक्षमा ७४ तथा विपक्षमा २५ मत परको थियो । धेरै डेमोक्र्याटले समेत उनलाई मत दिएका थिए । 

यसै साता मार्क रुबियोलाई पनि अमेरिकी सिनेटलाई विदेश मन्त्रीको रूपमा स्वीकार गरी सकेको छ । यसै गरी रक्षा मन्त्री पिटर हेगसेथको बारे सिनेटले निर्णय गर्न बाँकी छ । राष्ट्रिय गुप्तचरको प्रमुख चयन भएकी तुलसी गाबार्ड बारेमा सुनुवाइ पनि अर्को साता हुने छ । 

डेमोक्र्याटको पूर्व सांसद गाबार्ड यस निर्वाचनमा ट्रम्पको अभियानमा सरिक भएकी थिइन् । अहिले यो महत्त्वपूर्ण जिम्मेवारी पाएकी उनले ३० जनवरीमा सिनेटका सामु जवाफ दिँदै आफूलाई योग्य पुष्टि गर्नु पर्ने छ । 

डेमोक्र्याट  सिनेटरहरूले यस अघि उनको यस अघि रुसका बारे व्यक्त गरिएका प्रतिक्रिया तथा सिरियाका बसार अल आसादसँगको भेटका बारे प्रश्न उठाउन सक्ने छन् ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  १२ : २४ बजे

रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु

काठमाडौं- नेपालका तर्फबाट ‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुने

त्रिशूली १ को अडिट ३ टनेलमा थप ११ जनाको शव फेला

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको बाढीका कारण निधन भएका थप ११

काठमाडौंका डाँडामा फुल्न थाले काँस, शरद ऋतु आगमनको संकेत (तस्बिरहरु)

काठमाडौं– मनसुनको प्रभाव पूर्ण रूपमा हटिनसके पनि काठमाडौँ उपत्यकाका खुला

बीसौँ एसियाली खेलकुद आजदेखि, नेपालबाट १३५ खेलाडी सहभागी

काठमाडौं- बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा सुरु

संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

लमजुङ- लमजुङमा केही वर्षअघिसम्म सामान्य सरकारी कामका लागि पनि गाउँबाट