मधेशमा विवादित ‘भाषा विधेयक’ फिर्ता हुने « Khabarhub

मधेशमा विवादित ‘भाषा विधेयक’ फिर्ता हुने


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – मधेस सरकारले भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ फिर्ता लिन लागेको छ ।

शुक्रबार दिउँसो १ बजेको लागि बोलाइएको बैठकमा भाषासम्बन्धी विधेयक फिर्ता लिने कार्यसूची रहेको प्रदेश सभाका सचिव बासुप्रसाद कोइरालाले जानकारी दिए । 

बुधबार शिक्षा तथा संस्कृतिमन्त्री रानीकुमारी तिवारीले प्रदेशको कामकाजको भाषा सम्बन्धमा प्रदेश सभामा पेस गरेको विधेयक छलफल अगावै विवादित बनेपछि फिर्ता लिन लागेकी हुन्‌ । 

उनले पेस गरेको विधेयकमा नेपाली अतिरिक्त मैथिली, भोजपुरी, बज्जिका, हिन्दी र अंग्रेजी भाषालाई कामकाजको भाषाको रूपमा अघि सारिएको छ ।

यो पनि –

भाषा विवादमा अल्झिँदै मधेश सरकार, सत्तापक्षले नै गरे संसद् अवरुद्ध

तर, सदनमा विधेयक पेस भएको दोस्रो दिन बिहीबारको बैठकमा सांसदहरूले आ-आफ्नो भाषालाई कामकाजको भाषाको रूपमा राख्नुपर्ने भनेपछि बैठक नै अवरुद्ध भएको थियो ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  १२ : ५८ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह