चिनियाँ राजदूतले सुनाए ‘तीन ठाउँमा तीन ब्रान्ड’को कन्सेप्ट « Khabarhub

चिनियाँ राजदूतले सुनाए ‘तीन ठाउँमा तीन ब्रान्ड’को कन्सेप्ट


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बिहीबार साँझ काठमाडौंमा आयोजित चिनियाँहरूको परम्परागत नयाँ वर्ष वसन्त चाडको अवसरमा राजदूत छन सोङले लामो भाषण दिए ।

सभामुख देवराज घिमिरेलाई प्रमुख अतिथि बनाएर गरिएको नयाँ वर्षको उक्त विशेष कार्यक्रममा नेपालका राजनीतिककर्मी, मन्त्री, उच्च पदस्थ कर्मचारी र कूटनीतिज्ञ सहभागी थिए ।

त्यसक्रममा लामो लिखित मन्तव्य दिने क्रममा राजदूत छन सोङले राजनीतिक टिप्पणी त गरेनन् तर उनले नेपालमा उत्तरी छिमेकीको उपस्थितिबारे अर्थपूर्ण सन्देश दिन भ्याए ।

खासगरी गत मंसिर १९ गते बेल्ट एन्ड रोड (बीआरआई) को-अपरेशन फ्रेमवर्कमा हस्क्षार गरेसँगै चीनले नेपालमा आफ्नो उपस्थितिलाई देखिने गरी बढाइरहेको छ।

खेल गतिविधि, सांस्कृतिक कार्यक्रम र द्विपक्षीय भ्रमणलाई प्राथमिकता दिइरहेको चीनले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा बीआरआई फ्रेमवर्कमा हस्ताक्षर गरेसँगै काठमाडौं बाहिर पनि उपस्थिति बढाइरहेको छ ।

त्यही उपस्थितिलाई पुष्टि गर्ने गरी राजदूत छनले उक्त कार्यक्रममा चीनले नयाँ प्रविधि, एआई र स्वच्छ ऊर्जामा धेरै प्रगति गरेकाले त्यसबाट नेपालले पनि लाभ लिन सक्नु पर्ने बताए ।

चीनले चन्द्रमामा नयाँ अध्यन अघि बढाएको बताउँदै उनले दुई देशबीचको सभ्यता आदानप्रदान प्रदानलाई मानव विकासक्रमको अभियानका रुपमा उल्लेख गरे ।

‘गत वर्ष प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको भ्रमण गर्दा बीआरआई अघि बढाउन फ्रेमवर्क सम्झौतामा हस्ताक्षर भइसकेको छ’, उनले भने, ‘यसले दुई देशबिच त्रिआयामिक कनेक्टिभीटी नेट्वर्कको ढोका खोलिसकेको छ । अहिले नेपालसँगका १४ वटा नाका खुलिसकेका छन् । सीमापार रेल र प्रसारण लाइन (ग्रीड) निर्माण पनि अघि बढ्दैछन् ।’

उनले कूटनीतिक भाषा प्रयोग गर्दै मंसिर १९ मा भएको बीआरआई फ्रेमवर्क सम्झौतालाई ठूलो उपलब्धिका रुपमा ब्याख्या गरेका छन्। राजदूत छनले त्यसलाई सही समयमा चालिएको सही कदम भनेका छन् ।

‘यसले दुई देशका मित्रहरू आउने जाने क्रम बढेको छ । नेपालमा चिनियाँ पर्यटक र व्यापारीको आगमन बढ्नेछ । व्यापार बढ्दा चीन खुसी छ’, उनले बीआरआई फ्रेमवर्क सम्झौतातिर इंगित गर्दै भने, ‘सही समयमा सही कदम चाल्नु पर्छ, फलाम तातेको बेला घनले हान्नुपर्छ भने जस्तै उचित समयमा उचित निर्णय फलदायी हुन्छ ।’

तीन ठाउँ तीन ब्रान्ड

राजदूत छनले सम्बोधनका क्रममा नेपालमा चीनले ‘तीन ठाउँमा तीन ब्रान्ड’को कन्सेप्टमा प्रोजेक्टहरू अघि बढाएको पनि बताएका छन् ।

उनले यसबीचमा उत्तरतिर जोडिएका दोलखामा विद्यालय र सिन्धुपाल्चोकमा अस्पताल भवन बनाएर हस्तान्तरण गरिएको पनि उल्लेख गरेका छन् ।

चीनले नेपालमा पर्यटकीय गतिविधि बढाउन ‘तीन ठाउँमा तीन ब्रान्ड’को नाममा सांस्कृति उत्सव र खेल महोत्स गरिएको बताएका छन् ।

‘काठमाडौंमा वसन्त पर्व उत्सव, पोखरामा चीन–नेपाल मैत्री ड्र्यागन बोट रेस र अन्तर्राष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौड, लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव लगायत ‘तीन स्थानमा तीनवटा ब्राण्ड’ कन्सेप्टमा ठूला कार्यक्रम सम्पन्न भएका छन्’, उनले भनेका छन्, ‘जसले नेपालको पर्यटन प्रवर्द्धमा उल्लेख्य योगदान दिएका हाम्रो विश्वास छ ।’

चीन र नेपालले हिमालय सीमापार त्रि-आयामिक कनेक्टिभिटी नेट्वर्क निर्माणको कामले पनि गति लिएको उनले बताएक छन् । १४ परम्परागत सीमा नाका पूर्ण रुपमा सञ्चालन, काठमाडौंबाट चीनका सहरमा साप्ताहिक ४८ उडान, हिल्सा–सिमकोट राजमार्ग, टोखा–छहरे सुरुङ निर्माणले गति लिन थालेका पनि उनले बताए । बीआरआई सम्झौतामा हस्ताक्षर, सीमापार रेलमार्ग, क्रस बोर्डर पावर ग्रीड जस्ता महत्वपूर्ण आयोजनालाई गति दिने कुरामा चीन प्रतिबद्ध रहेको उनले बताए ।

उनले धेरैभन्दा धेरै चिनियाँ उद्यमीहरूले नेपालमा लगानी गरिरहेका बताए । ‘धेरै भन्दा धेरै नेपाली वस्तुहरू चीनमा निर्यात हुन थालेको देख्दा हामी खुसी छौँ । दुई देशका जनताले यसबाट लाभ लिने कुरामा शंका छैन । हाम्रो मित्रतालाई अझ उचाइमा पुर्‍याउन विभिन्न उत्सव हुनेछन्’, उनले भने, ‘वसन्त पर्व विदेशका चिनियाँका लागि भावनाको बन्धन मात्र होइन, विश्वका लागि चीनलाई बुझ्ने झ्याल र सभ्यता आदानप्रदान र आपसी समझदारीको पुल पनि हो ।’

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  १ : ०३ बजे

आइपीएल : कोलकाताको लगातार तेस्रो जित, हैदरावाद ८० रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको खेलमा कोलकाता

ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती

खोटाङ – किरात समुदायको चाड ‘साकेला उँभौली’ यही वैशाख १८

सुकुम्बासी बस्ती खाली गराउँदा बालबालिकाको शिक्षामा असर नपार्न निजी विद्यालय संगठनहरूको आग्रह

काठमाडौं – उपत्यकासहित देशका विभिन्न नदी किनार तथा जोखिमयुक्त स्थानमा

आईपीएल : गुजरातलाई पञ्जाबले दियो १६५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको दोस्रो

‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमका ऐतिहासिक, धार्मिक