बीपी प्रतिष्ठानमा फार्मेसी भवन, अंकोलोजी र बर्न युनिट उद्घाटन  | Khabarhub Khabarhub

बीपी प्रतिष्ठानमा फार्मेसी भवन, अंकोलोजी र बर्न युनिट उद्घाटन 


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

सुनसरी– धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नवनिर्मित फार्मेसी भवन, अंकोलोजी (क्यान्सर उपचार सेवा) युनिट र बर्न युनिट (ज्वलन उपचार सेवा) एकसाथ सञ्चालन हुँदा पूर्वका बिरामीहरूले राहत पाउने भएका छन् । फार्मेसी भवन, अंकोलोजी र बर्न युनिटको बिहीबार एकसाथ उद्घाटन गरिएको छ । 

सरकारले सबै सरकारी अस्पतालको आफ्नै फार्मेसी सेवा (औषधी बिक्री कक्ष) हुनुपर्ने र त्यहीबाट सहुलियत दरमा विरामीलाई औषधी बिक्री गर्नुपर्ने नीति लागु गरेपछि वीपी प्रतिष्ठानमा फार्मेसी भवन निर्माण भएको हो । भवनको लागत करिब १३ करोड रुपैयाँको रहेको छ । 

यसअघि बीपी प्रतिष्ठानले विभिन्न फार्मेसी कम्पनीलाई औषधी बिक्री गर्न ठेक्का दिने गरेको थियो । सार्वजनिक खरिद ऐन अनुसार कुनै पनि औषधीमा १६ प्रतिशत भन्दा बढी मार्जिन राख्न नपाउने प्रावधान भएकाले प्रतिष्ठानले सोही नीतिअनुसार बिरामीलाई सस्तोमा औषधी उपलब्ध गराउने लक्ष्य राखेर फार्मेसी भवन निर्माण गरेको जनाएको छ । 

प्रतिष्ठानमा हाल दैनिक १० लाख रुपैयाँको औषधी खपत हुने गरेको छ भने फुलफेजमा सञ्चालन भए दैनिक ५० लाख रुपैयाँको औषधी बिक्री गर्न सक्छ । फार्मेसी भवनमा करिब ५ हजार प्रकारका औषधी उपलब्ध गराउने बताइए पनि हाल सबै प्रतिष्ठानले स्थापनाकालमै साल्ट ट्रेडिङसँग साझेदारीमा सुवर्ण फर्मास्युटिकल कम्पनी यतिवेला अलपत्र परेको छ । 

त्यसो त सरकारले प्रत्येक सरकारी अस्पतालको आफ्नै फार्मेसी हुनु पर्ने नीति लागु गर्नु भन्दा करिब २९ वर्ष अघि नै बीपी प्रतिष्ठानले फर्मास्युटिकल उद्योग नै सञ्चालन गर्ने योजना बनाएको थियो । बीपी प्रतिष्ठानमा उपचार गर्न आउने बिरामीका लागि चाहिने औषधी उत्पादन गर्न भनेर ०५२ सालमा सुवर्ण फर्मास्युटिकल उद्योग सञ्चालन गर्न पूर्वाधार तयार गरिएको थियो । उक्त योजनाअनुसार मोरङको सुन्दर हरैचामा १४ विगा १० कट्ठन १३ धुर जग्गा खरिद गरेका थियो । जुन  हाल अलपत्र रहेको छ । 

औषधी उत्पादन गर्न सुवर्ण फर्मास्युटिकल उद्योग नामको संस्था दर्ता गरे पनि हाल उक्त जग्गा सदुपयोग विहीन भएको छ । उक्त जग्गा खरिद र औषधी उद्योगका लागि भनेर प्रतिष्ठानले करिब ४ करोड रुपैया लगानी रहेको बताइएको छ । उक्त जग्गा हाल प्रतिष्ठानकै स्वामित्वमा रहेको छ ।

  बीपी प्रतिष्ठानको ड्रिम प्रोजेक्टको रूपमा लिइएको उक्त योजना सफल नभएपछि तत्कालीन उपकुलपति प्रा.डा बलभद्रप्रसाद दास ( बीपी दास)ले कमिसनको लोभमा परेर जग्गा नै बिक्री गर्ने भनेर सिनेट बैठकमा प्रस्ताव समेत राखेका थिए । तर संस्थाको जग्गा, भौतिक सम्पत्ति बिक्री गर्न हुँदैन भनेर चर्को विरोध भएपछि बिक्री नभए पनि प्रतिष्ठानले संरक्षण र सदुपयोग गर्न सकेको छैन । 

यसैगरी बीपी प्रतिष्ठानमा २५ बेडको जलन उपचार सेवाको पनि उद्घाटन भएको छ । जलन उपचार सेवा वीर अस्पताल पछि उपत्यका बारिहको यो ठूलो मानिएको छ । शरीर जलेर ९० प्रतिशत बाहिरी छाला जलेर क्षति भए पनि विकसित मुलुकमा बचाउन सकिएका तथ्याङ्क छन् तर नेपालमा ४० प्रतिशत शरीरको छाला जलेको अवस्थामा पनि उचित उपचार नपाउँदा बिरामी वा घाइतेको मृत्यु हुने गरेको छ । विभिन्न कारणले शरीर जलेर घाइते भएका पूर्वका बिरामीलाई यसअघि बीपी प्रतिष्ठानले अन्यत्र रिफर गर्दै आएको थियो । 

यसैगरी विगत केहि वर्षदेखि प्रतिष्ठानको मेडिसिन वार्डमा राखेर क्यान्सर रोगीहरूका उपचार गरिँदै आइएकोमा सो सेवालाई अझ प्रभावकारी र चुस्त दुरुस्त रूपले सञ्चालन गर्न २० बेडको छुट्टै वार्ड सञ्चालनमा ल्याइएको उपकुलपति डा ज्ञानेन्द्र गिरीले बताए । पूर्वका बिर्तामोड र विराटनगरमा क्यान्सरका सबैखाले उपचार हुने गरेपनि महंगो शुल्क लाग्ने भएकाले बीपी प्रतिष्ठानमा सहुलियत शुल्कमा क्यान्सरको विशेषज्ञ सेवा दिने बताइको छ । 

तीन तलाको फार्मेसी भवनकै पहिलो तल्लामा क्यान्सरका बिरामीहरूका लागि छुट्ट्याएको छ भने दोस्रो तल्लामा विभिन्न कारणले जलेर आएका बिरामीहरूको उपचारका लागि बर्न वार्ड सञ्चालनमा ल्याइएको छ । ती सबै सेवाहरूको सहकुलपति तथा स्वास्थ्य मन्त्री प्रदीप पौडेलले गरेका थिए । 

उक्त अवसरमा मन्त्री पौडेलले बीपी प्रतिष्ठानमा एमआरआईए मेसिन उपलब्ध नहुनु स्वाभाविक नभएको बताए । बीपी प्रतिष्ठान आठ वर्षयतादेखि एमआरआई विहीन छ । उनले बीपी प्रतिष्ठानमा एमआरआई सेवा उपलब्ध गराउन विभिन्न दाताहरूसँग अनुरोध गरिरहेको खुलाउँदै दाताबाट उपलब्ध नभए सरकारले नै एमआरआई उपलब्ध गराएर छिटो सेवा सञ्चालन गर्न जरुरी भएको पनि बताए । मन्त्री पौडेलले बीपी प्रतिष्ठान जस्तो बहुपक्षीय स्वास्थ्य शैक्षिक संस्थामा एमआरआई सेवा नभए उपचार पूर्ण हुन नसक्ने बताए । 

उद्घाटन समारोहमा बीपी प्रतिष्ठानमा रजिस्ट्रार सूर्यप्रसाद सङ्ग्रौला भने अनुपस्थित रहेका थिए । पछिल्लो समयमा उपकुलपति डा गिरी र रजिस्ट्रार सङ्ग्रौलाबिच तालमेल देखिएको छैन । बीपी प्रतिष्ठान सञ्चालन गर्ने सबै अधिकार उपकुलपति गिरीले आफूसँगै सीमित राखेको र कतिपय महत्त्वपूर्ण एजेन्डा योजनामा सल्लाह नलिने गरेको आरोप संग्रौलाले लगाउँदै आएका छन् ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  १ : ०७ बजे

प्रधानमन्त्रीलाई टिकटकरको सुझाव : अघिल्लो सरकारले जस्तो टिकटक बन्द नगर्नू

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुई जना चर्चित टिकटकरले

पोखराको टाइगर माउन्टेनमा बेलायती राजकुमारको बास

पोखरा – नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार एडवार्ड र उनकी

मकुना मृत्यु प्रकरणः सरकारद्वारा छानबिन समिति गठन

काठमाडौं – सरकारले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कुमरोजमा भएको

एक वर्षपछि प्रतिनिधिसभा बैठकमा उपस्थित भए सांसद नेम्बाङ

काठमाडौं – नेकपा एमालेका सांसद बसन्तकुमार नेम्बाङ एक वर्ष पछाडि

१२ करोड लगानीमा बुटवलमा दोस्रो सिद्धार्थ कटेज, अर्थमन्त्री कार्कीले गरे उद्घाटन

बुटवल – सिद्धार्थ हस्पिटालिटीले बुटवलको योगीकुटीमा निर्माण गरेको ‘सिद्धार्थ कटेज’को