हतियारसहित चार जना भारतीय पक्राउ « Khabarhub

हतियारसहित चार जना भारतीय पक्राउ


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– कञ्चनपुर प्रहरीले चार जना भारतीय नागरिकलाई हतियारसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले सीमावर्ती भारतीय सहर खटिमाका चार युवकलाई एक थान पेस्तोलसहित पक्राउ गरेको हो । 

कञ्चनपुर प्रहरीको प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेश जोशीले म्यागेजिन र पेस्तोलसहित खटिमाका जीवनसिंह जिमेवाल, कोमल बिष्ट, उमेदसिंह अधिकारी र सञ्जय जेठीलाई पक्राउ गरिएको जानकारी दिए । 

उनले महेन्द्रनगरबाट गड्डाचौकी नाका हुँदै भारत जान लागेको अवस्थामा जिमेवालले चलाइरहेको युके ०६ एआर ०८४६ नम्बरको कार शंकाका आधारमा चेकजाँच गर्दा हतियार फेला परेको बताए । 

कञ्चनपुर प्रहरीले उनीहरूmलाई माघ ९ गते (बुधबार) पक्राउ गरे पनि आज (शुक्रबार) मात्रै भारतीय नागरिक हतियारसहित पक्राउ परेको घटना सार्वजनिक गरेको हो ।     

प्रवक्ता जोशीले पक्राउ परेका भारतीय नागरिकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भइरहेको बताएका छन् ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  १ : ३१ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित