बङ्गलादेश र विश्व बैंकबीच तीन करोड अमेरिकी डलर ऋण सम्झौता « Khabarhub

बङ्गलादेश र विश्व बैंकबीच तीन करोड अमेरिकी डलर ऋण सम्झौता


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

ढाका– बङ्गलादेश सरकार र विश्व बैङ्कबीच पूर्वी क्षेत्रमा विद्युत् प्रसारण सञ्जाल विस्तारका लागि थप दुई करोड २९ लाख एसडीआर (अन्तर्राष्ट्रिय रिजर्भ एसेट अर्थात् तीन करोड अमेरिकी डलर) बराबरको एक सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा बङ्गलादेशको आर्थिक सम्बन्ध महाशाखाका सचिव मोहम्मद शाहरियार कादर सिद्दिकी र विश्व बैंकका कार्यवाहक देशीय निर्देशक गेल मार्टिनले हस्ताक्षर गरेका हुन् । 

पावर ग्रिड बङ्गलादेशले यो परियोजना कार्यान्वयन गरिरहेको छ, जसको उद्देश्य दक्षिणपूर्वी बङ्गलादेशका केही भागहरूमा बिजुलीको बढ्दो माग पूरा गर्नु हो । 

महाशाखाले एक वक्तव्य जारी गरी विश्व बैङ्कको स्केल–अप सुविधा अन्तर्गत सन्  २०१८ अप्रिलमा ४५ करोड ६४ हजार डलरको यस परियोजनाको प्रारम्भिक वित्तीय सम्झौतामा हस्ताक्षर गरिएको थियो।

त्यसपछि कोभिड–१९ परियोजनाका लागि कुल पाँच करोड अमेरिकी डलर खर्च गरिएको थियो । यस पृष्ठभूमिमा, परियोजनाको सफलतापूर्वक सम्पन्न गर्नका लागि अब विश्व बैङ्कबाट तीन करोड डलरको थप वित्त पोषण आवश्यक छ ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  १ : ४७ बजे

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई

हुथीविरुद्ध इजरायलको सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको

इलाममा धारिलो हतियार प्रहार गरी एक पुरुषको ह*त्या

इलाम- इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहार गरी एक पुरुषको

कपिलवस्तुमा ट्रकसँग दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकसँग दुई वटा मोटरसाइकल

चिनियाँ खानाको पहिचान बनेको सेतो कार्टनको रोचक इतिहास

वासिङ्टन – चिनियाँ खाना घर लैजान प्रयोग गरिने सानो सेतो