धरानका मेयरलाई मन्त्रीको जवाफ- ‘ड्रामा’ गरेर धरानमा खानेपानी आउँदैन « Khabarhub

धरानका मेयरलाई मन्त्रीको जवाफ- ‘ड्रामा’ गरेर धरानमा खानेपानी आउँदैन

हर्क साम्पाङले खानेपानी संस्थानलाई ध्वस्त पारेको आरोप


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले ‘ड्रामा’ गरेर धरानमा खानेपानीको समस्या समाधान नहुने बताएका छन् ।  

मन्त्रिपरिषद्बाट स्वीकृत भएको खानेपानी तथा सरसफाइ नियमावली, २०८१ बारे जानकारी दिन शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री यादवले धरान उपमहानगरका मेयर हर्क सम्पाङले खानेपानीबारे ‘ड्रामा’ गरेको बताएका हुन् । उनले त्यसरी ‘ड्रामा’ गर्नुभन्दा काममा ध्यान दिन सुझाए ।

धरानका जनतालाई आफैँ पानी खुवाउँछु भन्दै मेयर सम्पाङले बहादुरी देखाएर खानेपानी संस्थानलाई ध्वस्त पार्ने काम गरेको उनले बताए । 

मन्त्री यादवले धरानको जनतालाई पानी दिने दायित्व सरकारको भएकाले सहज रूपमा उपलब्ध गराउन संघीय सरकारले काम अघि बढाउने उल्लेख गरे ।

त्यस्तै मन्त्री यादवले खानेपानीसम्बन्धी नियमावली राजपत्रमा प्रकाशित भइसकेको भन्दै अव खानेपानी तथा सरसफाइ आयोजना कार्यान्वयनमा सहज हुने बताए । 

उनले साना घरेलु उपयोगका आयोजनाहरू बाहेकका आयोजनाको सर्वेक्षण, निर्माण तथा सञ्चालनका लागि अनुमति लिनुपर्ने नयाँ व्यवस्था गरिएको जानकारी दिए । 

खानेपानी तथा सरसफाइ सेवा महसुल निर्धारण आयोग गठन गर्ने व्यवस्था गरेकोमा यस नियमावलीले आयोगको काम तथा जिम्मेवारीलाई थप प्रष्ट पारेको मन्त्री यादवले बताए  । 

त्यस्तै दुई हजारभन्दा बढी धारा भएका खानेपानी सेवा प्रदायकले कूल महसुलको १ प्रतिशत रकम नेपाल सरकारको राजस्व खातामा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको उनले जानकारी दिए । 

त्यस्तै नियमावलीमा औद्योगिक तथा व्यापारिक क्षेत्रबाट उत्सर्जित फोहोरपानी सरकारले तोकेको मापदण्ड पालना हुने गरी प्रशोधन गरेर मात्रै ढल निकास प्रणालीमा जोड्नुपर्ने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  २ : ०७ बजे

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई

हुथीविरुद्ध इजरायलको सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको

इलाममा धारिलो हतियार प्रहार गरी एक पुरुषको ह*त्या

इलाम- इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहार गरी एक पुरुषको

कपिलवस्तुमा ट्रकसँग दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकसँग दुई वटा मोटरसाइकल

चिनियाँ खानाको पहिचान बनेको सेतो कार्टनको रोचक इतिहास

वासिङ्टन – चिनियाँ खाना घर लैजान प्रयोग गरिने सानो सेतो