प्रधानमन्त्रीले बालुवाटारबाटै उद्घाटन गरे पाल्पाको गाउँपालिका भवन | Khabarhub Khabarhub

प्रधानमन्त्रीले बालुवाटारबाटै उद्घाटन गरे पाल्पाको गाउँपालिका भवन


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत मंगलबार रातिदेखि बिरामी परेका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार पनि बालुवाटारबाट बाहिर निस्किएनन् ।

शुक्रबार सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रुसहितका कार्यक्रममा जाने भनेर सचिवालयले तालिका निकाले पनि ओली बालुवाटारमै रहेका छन्

बालुवाटारमै आराम गरिरहेका उनी शुक्रबार भर्चुअल्ली पालपास्थित बगनासकाली गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटनमा सहभागी भए ।

प्रधानमन्त्री ओली कार्यक्रमस्थलमै पुगेर उद्घाटन गर्ने कार्यक्रम रहे पनि स्वास्थ्य प्रतिकूलताका कारण बालुवाटारबाट सम्बोधनसहित सहभागी भए ।

प्रधानमन्त्री ओलीले ऊर्बर भूमि बगनासकाली गाउँपालिकाको कार्यक्रमस्थल चिर्तुङ्गधारामा पाल्पाली जनतासँग भेटघाट गर्ने चाहना हुँदाहुँदै रुघाखोकी लागेका कारण प्रत्यक्षरुपमा उपस्थित हुन असमर्थ भएको बताए ।

प्रधानमन्त्री ओलीले प्रशासकीय भवनबाट स्थानीय जनताले अझै राम्रो गरी सेवा पाएर जनताले नयाँ अनुभूति मिल्ने गरी काम गर्न आग्रह गरे ।

उनले पाल्पा एक ऐतिहासिक, रमणीय र देश जोगाउन भूमिका खेल्ने जिल्ला भएकाले यो छविलाई यहाँका जनताले कायमै राख्ने विश्वास व्यक्त गरे ।

उनले सिद्धबाबा सुरुङलगायत विकास निर्माणका काम आफूहरूकै पालामा सम्पन्न गर्ने पनि बताए ।

उद्घाटन कार्यक्रममा उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेललगायत पाल्पामा थिए ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  २ : ३४ बजे

माओवादीद्वारा सरकारको आलोचना

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सुशासन, सामाजिक न्याय र

पहिरोले महाकाली लोकमार्ग अवरुद्ध

खलङ्गा– सडकमाथिबाट खसेको पहिरोले महाकाली राजमार्गअन्तर्गत खलङ्गा–गोकुलेश्वरखण्ड अवरुद्ध भएको छ

उपसभामुख रानालाई हटाउने प्रयासको विरोधमा उत्रीयो  माओवादी

काठमाडौं– नेकपा माओवादी केन्द्रले बदनियतका साथ उपसभामुख इन्दिरा रानालाई हटाउने

राष्ट्रियसभा बैठकमा दुई प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रियसभामा दुई संसदीय समितिको फरक फरक प्रतिवेदन पेस गरिएको

इटालीको भेन्टिना हिमनदी तीव्र रूपमा पग्लिँदै

रोम- इटालीको भेन्टिना हिमनदी जलवायु परिवर्तनका कारण यति धेरै पग्लिएको