जापानी आमाछोरामाथि छुरा हान्नेलाई चीनले दियो मृत्युदण्ड « Khabarhub

जापानी आमाछोरामाथि छुरा हान्नेलाई चीनले दियो मृत्युदण्ड


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनमा एकजना जापानी आमा र उनका छोरालाई चक्कु हान्नेले मृत्युदण्डको सजाय भएका छन् । चीनको अदालतका अनुसार झोउ चियाशेङ्ग नामका ती व्यक्तिले ऋणको बोझका कारण यस आक्रमणको घटना गराएका थिए ।

५२ वर्षीय झोउले चक्कुले हमला गर्ने क्रममा जापानी आमा र छोरालाई बचाउन अघि सरेकी महिलाको ज्यान गएको थियो । झोउले बचाउमा उत्रिएकी ती महिलालाई छुरा हानेर ज्यान लिएका थिए । जापान सरकारले पनि यस घटनाको पुष्टि गरेको थियो ।

समाचार अनुसार ५२ वर्षीय आक्रमणकारी झोउ चियाशेङले गत वर्ष २४ जुनमा उक्त आक्रमण गरेका थिए । ती व्यक्ति जागिर गुमाएपछि तनावमा थिए । उनमा ऋणको बोझ पनि थियो ।

अदालतका अनुसार तनावका कारण बाँच्ने इच्छासमेत गुमाइसकेका उनले त्यहीकारण आक्रमण गरेका थिए ।

यो आक्रमण चीनको सुजौ प्रान्तस्थित एक जापानी स्कुलबाहिर भएको थियो । यो आक्रमणमा चीनमा गत वर्षमा भएका तीन आक्रमणमध्ये एक थियो ।

पछिल्लो समयमा उच्च पदस्थ व्यक्तिलाई धमाधम विभिन्न केसमा मृत्युदण्ड सुनाइरहेका बेला एक आक्रमणकारीलाई पनि उक्त सजाय दिइएको हो ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ५ : १५ बजे

तुलसीपुर हिरासतका एक थुनुवाको मृत्यु

तुलसीपुर – दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक