जापानी आमाछोरामाथि छुरा हान्नेलाई चीनले दियो मृत्युदण्ड « Khabarhub

जापानी आमाछोरामाथि छुरा हान्नेलाई चीनले दियो मृत्युदण्ड


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनमा एकजना जापानी आमा र उनका छोरालाई चक्कु हान्नेले मृत्युदण्डको सजाय भएका छन् । चीनको अदालतका अनुसार झोउ चियाशेङ्ग नामका ती व्यक्तिले ऋणको बोझका कारण यस आक्रमणको घटना गराएका थिए ।

५२ वर्षीय झोउले चक्कुले हमला गर्ने क्रममा जापानी आमा र छोरालाई बचाउन अघि सरेकी महिलाको ज्यान गएको थियो । झोउले बचाउमा उत्रिएकी ती महिलालाई छुरा हानेर ज्यान लिएका थिए । जापान सरकारले पनि यस घटनाको पुष्टि गरेको थियो ।

समाचार अनुसार ५२ वर्षीय आक्रमणकारी झोउ चियाशेङले गत वर्ष २४ जुनमा उक्त आक्रमण गरेका थिए । ती व्यक्ति जागिर गुमाएपछि तनावमा थिए । उनमा ऋणको बोझ पनि थियो ।

अदालतका अनुसार तनावका कारण बाँच्ने इच्छासमेत गुमाइसकेका उनले त्यहीकारण आक्रमण गरेका थिए ।

यो आक्रमण चीनको सुजौ प्रान्तस्थित एक जापानी स्कुलबाहिर भएको थियो । यो आक्रमणमा चीनमा गत वर्षमा भएका तीन आक्रमणमध्ये एक थियो ।

पछिल्लो समयमा उच्च पदस्थ व्यक्तिलाई धमाधम विभिन्न केसमा मृत्युदण्ड सुनाइरहेका बेला एक आक्रमणकारीलाई पनि उक्त सजाय दिइएको हो ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ५ : १५ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा